ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा निस्क्रिय

Kukar_R3rEyiSQ37 (1)

 

 

काठमाडौंचन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डामा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।

कालिका पेट्रोलपम्प नजिकै फेला परेको शंकास्पद वस्तु बम भएको आशंकामा प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। सडक बीचमा तार जोडेर खतरा लेखिएका दुईवटा प्रेसर कुकर भेटिएपछि सवारी आवागमन रोकिएको थियो। डिस्पोजका क्रममा ठूलो आवाज आए पनि प्रहरीले भने बम नभएको बताएको छ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले शंकास्पद वस्तु बम नभएको बताए। उनले भित्र बिस्फोटक पदार्थ नभेटिएको बताए।

कलंकी–नागढुंगाको मुख्य सडकमा बिहीवार राति करिब २ बजे उक्त वस्तु फेला परेको प्रहरीले बताएको छ। उक्त शंकास्पद वस्तु भेटिएसँगै नागढुंगा नाका भएर काठमाडौं उपत्यका भित्रिने तथा काठमाडौंबाहिर जाने सवारीसाधन बाटोमै रोकिएका थिए। अहिले आवगमन सहज भएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन