दमक, २३ भदौ । सरकारले जनताको करबाट संकलित करोडौँ रुपैयाँ खर्च गरेर दमक–१०, सूर्यचोकमा भव्य विज्ञान पार्क र भवन बनाएको थियो ।
विद्यार्थीलाई प्रयोगात्मक अध्ययनको सहजता दिने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र स्थानीय समुदायलाई विज्ञानमैत्री बनाउन योगदान गर्ने उद्धेश्य राखीएको थियो । तर, आज त्यही भवन ताल्चा लगाएर अलपत्र पारिएको छ।
भित्ताभरि माकुराको जालो, खिड्कीसम्म धुलो, र वरिपरिको जमिनमा धान खेती। विज्ञानको नाममा बनेको यो भवन अहिले विज्ञान भन्दा टाढा, केवल उपेक्षा र असक्षम नेतृत्वको प्रतीकका रुपमा उभीरहेको छ । दमक १० मा रहेका यी राता भवन परबाट हेर्दा ओहो जस्तो देखिएको छ । बनाउने भनेको पनि आहा वाला नै परियोजना थियो । तर, अहिले यो अलपत्र बन्यो ।
वि.सं. २०७३ मा सिंहदेवी माध्यमिम विद्यालयको जमिनमा सुरु गरिएको भवन २०७४ मा सम्पन्न त भयो, तर त्यसपछिका योजना यहाँ पर्दै परेन । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार थप करिब ५० करोड खर्च गरेर पार्कलाई पूर्णता दिने योजना थियो। तर बजेट आएन, काम अघि बढेन, अनि सपना अधुरै रह्यो। तत्कालीन वडाध्यक्ष बोधराज न्यौपाने भन्नुहुन्छ– सपना आधुनीक र आकर्षक बिज्ञान पार्कको थियो । तर सरकार फेरिएपछि यसको निरन्तरता हरायो। अहिलेको नेतृत्वले पनि पहल नगरेपछि भवन अलपत्र बनेको उहाँको अरोप छ ।
यही कुरा वर्तमान वडाध्यक्ष राजेन्द्र भण्डारी पनि स्वीकार्नुहुन्छ । यो परियोजना सञ्चालनका लागि प्रभावकारी पहल भएन । एक पटक यसकालागी आवश्यक बजेट माग गर्न नगरपालिकाको टिम सहितनै संघीय राजधानी काठमाडौ भएको तर काठमाडौले नपत्यकाएको जवाफ दिनु हुन्छ । झापामा यस्तै प्रकृतीका तीनवटा विज्ञान पार्कको योजना भएकाले पनि प्राथमिकतामा दिन नसकेपछि आफुहरु फर्किएको उहाँले प्रतिकृया दिनुभएको छ । अव कुनै नयाँ योजना लगेर यसको प्रयोग गर्ने काममा पनि आफुले पहल गर्ने उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।
यति ठूलो लगानीपछि पनि विज्ञान पार्क आज न ताल्चा खुलेको छ, न विद्यार्थीले प्रयोगशाला देखेका छन्। सरकारले सुरु गरेको योजना, दलगत स्वार्थले थिच्दा कसरी अलपत्र पर्छ भन्ने एउटा गतिलो उदाहरण पनि हो । यदि यसको सञ्चालन भएको थियो भने स्थनीय स्तरमा पर्यटन विकास र रोजगारी पनि बढ्ने अपेक्षा गरिएको स्थानीयबासी डिल्लीराम न्यौपानेले बताउनुभयो ।
अहिले करोडौँको लगानी खेर गएको छ । यो भवन निष्क्रिय हुनु भनेको जनताको पैसामाथि खेलवाड त पक्कै हो । विज्ञान पार्क केवल अधुरो भवन होइन, यो सरकारी बजेटको दुरुपयोग, दलगत स्वार्थको टकराव, र असक्षम नेतृत्वको परिणाम पनि हो। जब विज्ञानकै लागि बनेको भवन धानखेतीमै हराउँछ, तब जनताको सपना र पैसाको मूल्य कसले चुकाउने ? अहिले आम जनताको मन मनमा यो प्रश्न उठिरहेको छ ।









