जेन जी आन्दोलनको प्रभाव

विश्वकर्मा पूजाको अघिल्लो दिन व्यापार न्यून

व्यापारीको मनमा त्रास कायमै

 

दमक, ३१ भदौ । आ–आफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, औजारलगायतका सामाग्रीहरुको पूजा गरी प्रत्येक बर्ष असोज १ गते विश्वकर्मा पूजा मनाउने गरिन्छ । बिश्वकर्माको मन्दिरका साथै फोटोमा पूजा गरेर पनि यो पर्व मनाउने गरिएको छ । विश्वकर्मा पुजाका लागी पुजा सामाग्री, रिविन, विश्वकर्मा भग्वानको फोटो साथै विभिन्न परिकारका मिठाईहरुको अत्याधीक बिक्री हुने कारणले गर्दा विश्वकर्मा पुजा भन्दा अघिल्लो दिन र विश्वकर्मा पुजा कै दिउँसोको समयसम्म यस किसिमका सामाग्री बेच्ने व्यापारीहरुको लागी एउटा राम्रो अवसरको रुपमा पनि लिन सकिन्छ ।

भर्खरै भएको जेनजीको आन्दोलनको त्रासले कर्फु हटेर बजार सञ्चालन गर्न अनुमती आईसक्दा पनि बजार पूर्ण रुपमा पहिलाको जस्तो हुन सकेको थिएन । तर, विस्वकर्मा पुजाको अवसरमा भने दमक बजारको दृश्य भिन्नै थियो । दमकको बजार भरी विभिन्न टेन्ट टाँगी विभिन्न रंगका रिबनहरु झुन्डाईएको थियो । ठाँउ ठाँउमा विभिन्न परिकारका मिठाईहरु राखिएको थियो ।

दमकको आकाशे पुलको नजिकै टेन्ट टागी मिठाईका परिकारहरुको स्टल राखेर बस्नुभएका बिट्टु स्वीट्स हाउसका सञ्चालक विश्वनाथ साह अरु बेला विश्वकर्मा पुजामा निकै राम्रो व्यापार हुने गरेको तर यो वर्ष भने भर्खरै भएको आन्दोलनले गर्दा यसरी स्टल लगाएर सामान बेच्न पन अलिक डर लागेको बताउनुहुन्छ ।

 

अरु समयमा व्यापार गर्न पसल नरहेको तर, लक्ष्मी पुजा , होली र विश्वकर्मा पुजा जस्ता अवसर पारी स्टल लगाई व्यापार गर्दै आउनुभएको छ दमकका राजेश कुमार तारकले । उहाँको स्टलमासवारी साधन सजाउन चाहिने सामाग्री र पुजा गर्न चाहिने सामाग्रीहरु पाईन्छ । तर, यो वर्ष भने आन्दोलनले व्यापारमा प्रभाव पारेको र सोचे जस्तो व्यापार गर्ननसकेको उहाँको पनि भनाई छ ।

 

भर्खरै भएको जेनजी आन्दोलनले व्यापारमा पनि प्रत्यक्ष असर पारेको छ । जेन जी जी आन्दोलनका क्रममा केहि अपराधीक मानसीकता भएकाहरुले बिभिन्न व्यापारीक प्रतिष्ठान, व्यक्तिका घर तथा सार्वजनिक सम्पत्तीमा आगजानी तथा तोफोड गरिदिएका कारण उनीहरुमा यस्तो त्रास बढेको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको