थप अनुसन्धान भइरहेको छ

३३ लाख ठगेर फरार लिम्बु पक्राउ

 

 

 

विराटनगर  ३३ लाख रुपैयाँ ठगी गरेर फरार भएका दुई जना मध्ये एक जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी – २० बस्ने मन्दु भनिने जस बहादुर लिम्बु रहेका छन् ।

लिम्बु र इटहरी–१२ बस्ने भरत चौधरीले इटहरी–१२ खनार बस्ने तारा कार्की पुरीबाट ३३ लाख ठगी गरेर फरार रहेका थिए ।कार्की पुरीलाई प्रहरी र न्यायधिससंग राम्रो सम्बन्ध छ भन्दै कर्तव्य ज्यान मुद्दामा तेह्रथुम कारागारमा थुनामा रहेका श्रीमान् सुरेन्द्र पुरी र देवर वालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिने भन्दै उनीहरूले ठगी गरेका थिए ।

दुई जना मध्ये लिम्बुलाई फाल्गुण ३ गते सुनसरी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका लिम्बुलाई सोही दिन म्याद थप गरी ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फरार चौधरीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत