दमक, १ असोज। ‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि भएको बताइएको छ । प्रशोधित स्वर्ण भस्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्ने विस्वास गरिएकोले यसलाई कोशी प्रदेशमा पनि सेवन गराउन थालीएको छ ।
प्रादेशीक आयूर्वेदिक अस्पताल कमल झापाले असार महिना देखी यसको सेवन गराउने कार्यक्रम सुरु गरेको छ । सुरुमा यसको महत्व कम बुझेको जस्तो भएपनि अहिले ‘स्वर्ण बिन्दु प्राशन’ गराउनेको संख्या हरेक महिना बढिरहेको अस्पतालले जनाएको छ ।
झापाको कमल गाउँपालिका वार्ड ७ स्थित प्रादेशीक आयूवेर्दिक अस्पताल । असोज १ गते बुधबार बिहान १० देखीनै भीडभाड थियो । त्यसको केहि घण्टा सम्मको भीड निकै बाक्लो थियो । खाना खाइसकेपछि विद्यालयको समयमा आफ्ना छोराछोरीलाई यहाँ ल्याउने र ‘स्वर्ण बिन्दु प्राशन’ गराउनेहरु एक पछि अर्को गर्दै बढिरहेका थीए ।
यही क्रममा झापा दमकबाट आफ्नो छोरीलाई ‘स्वर्ण बिन्दु प्राशन’ गराउन पुग्नु भएकी सृजना बिमली भन्नु हुन्छ ‘सुरुमा यसको महत्व थाह थीएन । तर स्कुलबाट यसबारेमा अझ थाह पाए । अनी आफ्नो छोरीको सर्वाङ्गीण विकास हुन्छ भन्ने विस्वास लाग्यो र ‘स्वर्ण बिन्दु प्राशन’ गराइरहेको छु । बिमलीले आफ्नो छोरीलाई दोस्रो पटक यसको सेवन गराउनु भएको हो ।
दमक ५ बाट छोरीलाई ‘स्वर्ण बिन्दु प्राशन’ गराउन प्रोदेशीक आयूवेर्दिक अस्पतालमा पुग्नु भएका कुशल मिश्रलाई एलेपोथीक भन्दा पनि आयूवेर्दिकमै बढि बिस्वास लाग्ने रहेछ । त्यहि भएर उहाँले पनि आफ्नी छोरीलाई ‘स्वर्ण बिन्दु प्राशन’ गराउन दमकबाट करिव ४ किलोमिटर पुर्व दक्षिणमा पर्ने प्रादेशीक आयूवेदिक अस्पताल लैजानु भयो । उहाँ भन्नु हुन्छ ‘भर्खर दुई पटक त भयो ‘स्वर्ण बिन्दु प्राशन’ गराउन थालेको । यसको प्रभाव देखिन समय लागी हाल्छ नि कहाँ एलोपेथीक हो र अहिले खायो अहिलेनै त्यसको प्रभाव देखिन । ’ उहाँले प्रतिप्रश्न गर्नु भयो । उहाँले आयुवेर्दिक उपचारको प्रभव ढिला देखिन्छ र दीर्घकालीन हुन्छ । त्यसैले म ढुक्क छ । मेरी छोरीमा ‘स्वर्ण बिन्दु प्राशन’ बाट सकरात्मक परिर्वतन पक्कै आउने छ ।
स्वर्ण बिन्दु प्राशन’ बनाउन ‘स्वर्णभस्म’लाई घ्यू र महमा मिसाएर औषधीय गुण भएको पदार्थ बनाइन्छ स्वर्णभस्म बनाउन सुनलाई बालेर त्यसको पातलो तह निकाली शुद्धीकरण गरी विभिन्न औषधीयहरूको प्रयोग गरी आगोमा राखेर बनाइन्छ । यी सबै प्रकृयागत काम कोशी प्रदेशभरीकालागी यही प्रादेशीक अस्पतालमा हुन्छ ।
गत असार देखी निरन्तर ‘स्वर्ण बिन्दु प्राशन’ सेवन गराउन थालेको र यो सेवन गराउनेको संख्या हरेक महिना बढिरहेको अस्पतालका निर्देशक डा. सिदार्थ ठाकुरले जानकारी दिनुभयो ।
यो औषधि घरमै नबनाउन वा जथाभाबी प्रयोग नगर्न चिकित्सकको सुझाव छ । सरकारी मापदण्डअनुसार अस्पताल वा आधिकारिक केन्द्रहरूमा विज्ञको प्रत्यक्ष निगरानीमा बनाइन्छ र खुवाइन्छ । औषधिमा प्रयोग हुने स्वर्ण भस्म, मह र अन्य जडीबुटीहरू औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणित र गुणस्तरीय हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यसले गर्दा यसको सुरक्षा र गुणस्तर सुनिश्चित गरिएको छ ।









