अनुशीलन

१५ उपन्यासका गुमनाम सर्जक

उहाँको उपन्यास ‘हिन्दु नारी’ र ‘लजालु आँखा’ पनि शुभचिन्तकले युट्युवमा हालिदिएकाले उपन्यासका नाममा त्यत्ति चिनो छ उहाँसँग ।

दमक, ४ असोज / त्यो समयमा पुस्तक प्रकाशन गर्ने प्रकाशक पाउनु निकै ठूलो कुरा हुन्थ्यो । त्यस्तो परिस्थितिकाबीच झापा दमकका उपन्यासकार युवराज बरालको भनें प्रकाशकले नै मागेर भटाभट उपन्यास प्रकाशन गरिदियो । जसबाट उत्साहित बरालका एकैपटक चारवटा गरी जम्मा १५ वटा उपन्यास विद्या बुक्स विराटनगरले प्रकाशित गरिदियो ।

 

त्यो बेला उच्च शिक्षाको पढाई खर्च आफैंले जुटाएर पढ्ने स्वनिर्भरताको सोच अनुरुप ०५२ सालबाट लेख्न सुरु भएको उपन्यास लेखन कार्यले उहाँको पढाई खर्च गजबले जुट्यो र उहाँको नाम पनि परिचित बनायो । त्यो समयमा उहाँले अरुका लागि समेत दर्जनौं उपन्यास लेखिदिनु भयो । पूर्वमा त्यो बेला उहाँको उपन्यास धेरैले पढे र उहाँको नाम धेरैले प्रशंसाका पात्रका रुपमा दर्ज गरे । प्रतिक्रियाका चिठ्ठीपत्र हुलाकबाट दैनिक रुपमा हजारौं आए । ‘तर यो बेला न उहाँका कुनै उपन्यास नै उहाँसंग छन् न त ती १० औं हजार चिठ्ठीपत्र नै । मसँग भएको उपन्यासका प्रति पनि अरुले माग्दै लगे, अहिले सम्झिँदा आफूसँग एउटै पनि नहुँदा पछुतो लागिरहेको छ ।’–उहाँ स्मरण गर्नुहुन्छ । उहाँको उपन्यास ‘हिन्दु नारी’ र ‘लजालु आँखा’ पनि शुभचिन्तकले युट्युवमा हालिदिएकाले उपन्यासका नाममा त्यत्ति चिनो छ उहाँसँग ।

 

केन्द्रप्रसाद बराल र जानुका बरालका सन्तानका रुपमा वि.सं. २०२८ साल बैशाख २९ मा जन्मिनु भएका उहाँ हाल दमक ५ मा बसोबास गर्दै दमक मोडल क्याम्पसको सहायक प्रमुखका रुपमा अध्यापन पेसामा आवद्ध रहँदै आउनु भएको छ । तीनवटा विषयमा स्तातकोत्तर गर्नुभएका अन्तरमुखी स्वभावका मृदुभाषी बराल उपन्यासमा ऐतिहासिक नाम बनेर प्रेरणाको स्रोत हुनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको ४४ औं श्रृंखलामा गरिएको कुराकानीको भिडिओ लिंक हेर्नुहोला ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही