घरको जिम्मेबारी र परदेशको संघर्षले साहित्यकार बनायो मुनालाई

अनुशीलन

दमक, ११ असोज / दुःख र संघर्षले मानिसलाई सृजनशील बनाउँछ भन्ने भनाई उहाँमा लागू हुन्छ । अर्थात घरमा श्रीमान विरामी परेपछि परिवारको आर्थिक व्यवस्थापनमा थपिएको जिम्मेवारीले रोजगारीका लागि इजरायल पुग्नु भएकी मुना बराल सिग्देललाई सृजनशील बनायो ।
मोरङको उर्लाबारी ७ की सिग्देल ०६३ सालमा रोजगारीका लागि इजरायल गएर १२ वर्ष श्रम खर्चिनु मात्र भएन घरदेशको चिन्तामा परदेशको भोगाईले उहाँ मुना आत्रेयका रुपमा स्थापित गजलकार बन्न सक्नु भयो ।

 

देवीप्रसाद बराल र हिमादेवी बरालको सन्तानका रुपमा भारतको असममा जन्मिनु भएकी उहाँ विशेषगरी गजल, कविता र मुक्तक विधामा कलम चलाउनु हुन्छ । श्रीमान विष्णु सिग्देल, छोरा विजय र छोरी विकिताको प्रेमिल वातावरणमा हौसला पाएर लेखनयात्रामा समाहित उहाँ देश र विदेशमा समेत सम्मानित भएर सृजनायात्रामा आफूलाई उर्जाशील बनाइरहनु भएको छ ।

डियरकल्याण साहित्य प्रतिष्ठान सचिव, वैदिक दिब्यधाम नेपाल उर्लाबारी कोषाध्यक्ष तथा नेपाली साहित्य समाज उर्लाबारीमा आवद्ध रहेर सृजनशील र आध्यात्मक गतिविधिमा सक्रिय हुनुहुन्छ । उहाँको पहिलो कृतिका रुपमा गजल संग्रह ‘तृप्ति’ प्रकाशनको संघारमा छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको ४५ औं श्रृंखलामा गरिएको भलाकुसारी र सृजना प्रस्तुति भिडिओमा हेरौं :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८