घरको जिम्मेबारी र परदेशको संघर्षले साहित्यकार बनायो मुनालाई

अनुशीलन

दमक, ११ असोज / दुःख र संघर्षले मानिसलाई सृजनशील बनाउँछ भन्ने भनाई उहाँमा लागू हुन्छ । अर्थात घरमा श्रीमान विरामी परेपछि परिवारको आर्थिक व्यवस्थापनमा थपिएको जिम्मेवारीले रोजगारीका लागि इजरायल पुग्नु भएकी मुना बराल सिग्देललाई सृजनशील बनायो ।
मोरङको उर्लाबारी ७ की सिग्देल ०६३ सालमा रोजगारीका लागि इजरायल गएर १२ वर्ष श्रम खर्चिनु मात्र भएन घरदेशको चिन्तामा परदेशको भोगाईले उहाँ मुना आत्रेयका रुपमा स्थापित गजलकार बन्न सक्नु भयो ।

 

देवीप्रसाद बराल र हिमादेवी बरालको सन्तानका रुपमा भारतको असममा जन्मिनु भएकी उहाँ विशेषगरी गजल, कविता र मुक्तक विधामा कलम चलाउनु हुन्छ । श्रीमान विष्णु सिग्देल, छोरा विजय र छोरी विकिताको प्रेमिल वातावरणमा हौसला पाएर लेखनयात्रामा समाहित उहाँ देश र विदेशमा समेत सम्मानित भएर सृजनायात्रामा आफूलाई उर्जाशील बनाइरहनु भएको छ ।

डियरकल्याण साहित्य प्रतिष्ठान सचिव, वैदिक दिब्यधाम नेपाल उर्लाबारी कोषाध्यक्ष तथा नेपाली साहित्य समाज उर्लाबारीमा आवद्ध रहेर सृजनशील र आध्यात्मक गतिविधिमा सक्रिय हुनुहुन्छ । उहाँको पहिलो कृतिका रुपमा गजल संग्रह ‘तृप्ति’ प्रकाशनको संघारमा छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रमको ४५ औं श्रृंखलामा गरिएको भलाकुसारी र सृजना प्रस्तुति भिडिओमा हेरौं :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही