नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पग्यो

डेङ्गी सङ्क्रमण बढ्दै गएपछि मन्त्रालयले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन सबैमा आग्रह गर्दै

काठमाण्डौ,२२ असोज। नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय ९० नयाँ सङ्क्रमित थपिएको देखीएका छन् ।

अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको हो । पछिल्लो एक हप्तामा सबैभन्दा धेरै सङ्क्रमित बागमती प्रदेशमा ९४ जना जनालाई भेटिएका छन् । लुम्बिनीमा ३९, गण्डकीमा १५, सुदूरपश्चिममा २१, कोशीमा ९, मधेशमा ४ र कर्णालीमा ८ जना नयाँ सङ्क्रमित फेला परेका महाशाखाले बताएको छ ।

 

सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३ सय ५६ जना रहेको छन् । बागमतीमा १ हजार ३ सय १४, लुम्बिनीमा ९ सय ७३, कोशीमा ७ सय ८५, सुदूरपश्चिममा ६ सय ६७, मधेशमा १ सय १९ र कर्णालीमा ३ सय २८ जना सङ्क्रमित रहेको छ।

 

गएको पुसदेखि हिजो असोज २१ गतेसम्म डेङ्गीका कारण ३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि मन्त्रालयले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन सबैमा आग्रह गर्दै आएको छ । डोल्पा र मनाङमा भने डेङ्गी सङ्क्रमण अझै देखिएको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ