वर्षा र पहिरोका कारण विभिन्न नौ ठाउँका सडक अझै अवरुद्ध

काठमाण्डौं,२३ असोज। अविरल वर्षा र पहिरोका कारण विभिन्न नौ ठाउँका सडक अझै अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, मेची, बीपी, पासाङ ल्हामु र कर्णाली करिडोर लगायतका सडक अझै खुल्न सकेको छैन ।

 

कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा जेठ ६ गतेदेखि नै सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यही राजमार्गकै मकालु गाउँपालिका–३ एकुवामा पनि महिना दिनदेखि पहिरोका कारण सडक बन्द रहेको प्रहरीले बताएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायतका ठाउँमा वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–२ नावाखोलामा पनि अविरल वर्षाले सडक अबरुद्ध भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा तीन ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको हो ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीका विभिन्न ठाउँमा सडक पूर्ण रूपमा बन्द भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला लगायत तीन ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ भने सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकमा पनि सडक बन्द भएको छ ।

पश्चिममा कर्णाली करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ करिल्ला र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनी खोलामा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ । लगातारको वर्षाका कारण सडक बन्द हुँदा गाडी आवतजावतमा समस्या भएको प्रहरीले जानकारी दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित