वर्षा र पहिरोका कारण विभिन्न नौ ठाउँका सडक अझै अवरुद्ध

काठमाण्डौं,२३ असोज। अविरल वर्षा र पहिरोका कारण विभिन्न नौ ठाउँका सडक अझै अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार कोशी, मेची, बीपी, पासाङ ल्हामु र कर्णाली करिडोर लगायतका सडक अझै खुल्न सकेको छैन ।

 

कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणखोलामा जेठ ६ गतेदेखि नै सडक पूर्णरूपमा अवरुद्ध भएको छ । यही राजमार्गकै मकालु गाउँपालिका–३ एकुवामा पनि महिना दिनदेखि पहिरोका कारण सडक बन्द रहेको प्रहरीले बताएको छ ।

मेची राजमार्ग अन्तर्गत इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायतका ठाउँमा वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । पाँचथरको तुम्वेबा गाउँपालिका–२ नावाखोलामा पनि अविरल वर्षाले सडक अबरुद्ध भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ मा तीन ठाउँमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको हो ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे र सिन्धुलीका विभिन्न ठाउँमा सडक पूर्ण रूपमा बन्द भएको छ । काभ्रेको रोशी गाउँपालिका–११ माम्तीखोला लगायत तीन ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ भने सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकमा पनि सडक बन्द भएको छ ।

पश्चिममा कर्णाली करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका–५ करिल्ला र कालिकोटको पचालझरना गाउँपालिका–८ जुगेनी खोलामा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले बताएको छ । लगातारको वर्षाका कारण सडक बन्द हुँदा गाडी आवतजावतमा समस्या भएको प्रहरीले जानकारी दिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब

महेन्द्र मोरङका स्ववियु सदस्य अंकित पोखरेलको निधन

विराटनगर, १२ कात्तिक । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा परेर निधन भएको छ।बुधबार मध्यरात

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित