सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब ११ बजे खाल्डोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। उनी अन्दाजी ३० देखि ३५ वर्ष उमेर समूहको रहेको प्रहरीले जनाएको छ।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाको यथार्थ विवरण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिनुभयो। यसअघि गत दसैँका दिन सर्लाहीकै गोडैतास्थित उखुबारीमा घाँटी रेटिएको अवस्थामा एक बालिकाको शव फेला परेको थियो। दुवै घटनामा परिवारजनले हत्याको आशंका गर्दै आएका छन् भने प्रहरीले अनुसन्धान जारी राखेको छ।










