दुःखपछिको सुःख

विदेशको दुःखले मालिक हुन सिकायो

 

दमक/

मैले घडीमा बज्ने आलाराम घण्टीको भरमा ११ वर्ष बिताएँ । घण्टी बज्नासाथ निद्राबाट उठ्नु पथ्र्यो । घडीको काँटामा समय हेरेर खाने र सुत्ने नियमित दैनिकी जस्तै भएको थियो । आफू सुत्ने कोठा र काम गर्ने कम्पनीभित्र चिसो एसीको हावा थियो । बाहिर खप्नै नसक्ने घामको गर्मी शरीरले पचाउनै मुश्किल हुन्थ्यो । यो वातावरण नमिलेका कारण बिरामी हँुदा भोगेका पीडा सुन्नै गाह्रो हुने गरीका छन् । यो नेपालबाट गएका सबै नेपाली कामदारका लागि कठिन परिस्थिति होे । झापाको दमक-२ निवासी कमल बहादुर श्रेष्ठले बैदेशिक रोजगारका शिलशिलामा साउदी अरबमा यस्तै कठोर परिस्थितिका दिन काटेका थिए ।

श्रेष्ठले साउदी अरबमा पैसा कमाउन जाँदा भोगेको यो परिस्थिति बैदेशिक रोजगारमा गएका नेपाली कामदारको एउटा प्रतिनिधि घटना मात्र हो । उनले विदेशमा भोगेको यो कठिन श्रमले पैसा के कति कमाए तर त्यो भन्दा महत्वपूणर् नेपालमा नै केही गर्नुपर्छ भन्ने ठूलो ज्ञान प्राप्त गरे । यही शिक्षा पाएर घर फर्किएका श्रेष्ठले अब बैदेशिक रोजगारीमा कहिले नफर्कने निणर्य गरेका छन् ।

श्रेष्ठले स्मरण गर्दै भने, साउदी पुगेका दिनदेखि घर फर्कने क्यालेण्डरमा दिन महिना वर्ष मिति गन्दै बस्नु पथ्र्यो । गाउँघरमा के भयो भन्ने सूचना कहिलेकाँही टेलिफोनमा थाहा पाइन्थ्यो । काखमा खेलाउँदै गरेको छोरो छोडेर साउदी पुगेको कामदार परिवारको यादको तड्पाइले मन अमिलो हुन्थ्यो । छोरो कत्रो भयो भनेर हेर्न समेत श्रीमतीले ल्यावमा धुलाएको फोटो हुलाकमार्फत् एक डेढ महिनामा पाउँदा ठूलै युद्ध जितेको अनुभव हुन्थ्यो । त्यो क्षण मन खुशीले फुरुङ्ग हुन्थ्यो उनले विगतलाई स्मरण गर्दै भने ।

त्यतिमात्र होइन हरेक चाडपर्वमा नेपालमा हुने रमाइलो खुशीबाट टाढा एक्लै कम्पनीमा काम गर्नु कम दुःखदायी हुँदैनथ्यो । परिवारबाट अलग्ग भएर बस्नु पर्दा नेपालमा हुने रमाइला क्षणले झनै नरमाइलो बनाउँथ्योे । घरपरिवार तथा आफन्त छरछिमेक साथीभाईहरुको घरमा हुने विवाह, पुजापाठदेखि पिकनिकको रमाइलो गुमाएर विदेशीको गाली खाँदै बितेका दिन साँच्चीकै दुःखद् थिए । पछि विकास हुँदै गएपछि सामाजिक सञ्जालबाट गाउँघरमा हुने घटना तत्काल थाहा पाउन थालियो । यसले परिवारसँग कुराकानी हुन सहज हुँदै गयो, उनको अनुभव छ ।

यही दुःख भोगाइका कारण नेपाल आएर उनले शान्तिमार्गस्थित राजमार्गको उत्तर दमक नगरपालिका-४ मा २० लाख लगानी गरेर यो क्षेत्रकै पहिलो कार सजावट गर्ने (दमक कार डेकोरेट) पसल सञ्चालन गरेका छन् । लगभग दुई महिना अघि सञ्चालन गरिएको सो पसलमा कार भित्र वा बाहिर साज-सज्जा (सजावट) गर्ने सामाग्रीहरु रहेको जानकारी दिए । पसल सुरु गरेपछि मलाई विदेशमा मिठो निद्रबाट ब्युँझाउने अलारामको घण्टी चाहिएको छैन भने परिवारको दुःख सुखमा सँगै हुँदाको आनन्दले बिगतको दुःख बिर्साउँदै गएको छ । विदेशमा श्रमिक भएर गरेको दुःखले अहिले मलाई आत्मनिर्भर हुन सिकाएको छ । कुनै समय काम खोज्दै विदेश हानिएका श्रेष्ठ अहिले अरुलाई रोजगार दिन सक्ने मालिक भएका छन् ।

पसल सञ्चालन गर्न थालेपछि अहिले भने ढुक्क भएको छ । परिवारसँगै भएर व्यवसाय गर्दाको खुशी केहीसँग तुलना गर्न योग्य नै छैन, उनले भने । अहिले मैले त्यतिका वर्ष विदेशमा कसरी बिताएँ सम्झँदा आफँै झसंग हुने गर्दछु । घडीको सूई हेरेर काम गर्नु पर्दा घरी-घरी त कति बेला दिन गयो, कति बेला रात बित्थ्यो थाहा पनि हुँदैनथ्यो । सन् २००८ मा विदेशिएका श्रेष्ठ सन् २०२१ मा विदेशको बाटो बन्द गरेर फर्किएका थिए । उनको यो भोगाई सबै बैदेशिक रोजगारमा गएका वा जान चाहने नेपालीका लागि राम्रो मार्गदर्शन समेत हुनसक्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत