जेनजी विद्रोहको एक महिनाः सत्ता परिवर्तनदेखि चुनावको घोषणासम्म

काठमाण्डौं,२५ असोज। नेपालमा गत भदौ २३ र २४ गते जेनजी पुस्ताले सुरु गरेको भ्रष्टाचारविरोधी विद्रोहले देशको राजनीतिक दिशा नै परिवर्तन गरिदिएको एक महिना पूरा भएको छ। यस आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई २८ घण्टामै सत्ताबाट हटाउँदै देशमा नाटकीय राजनीतिक परिवर्तन ल्यायो। भदौ २३ को आन्दोलनमा सुरक्षाकर्मीको गोलीबाट १९ प्रदर्शनकारीको ज्यान गएपछि जनआक्रोश देशभर फैलियो। प्रधानमन्त्री ओलीको अडान र सरकारको दमनपछि भदौ २४ मा झनै व्यापक तोडफोड र आगजनी भयो।

 

चारवटै सुरक्षा निकायका प्रमुखहरूको दबाबपछि अन्ततः ओलीले पदबाट राजीनामा दिनुपर्याे। राजीनामापछि राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिए। कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो र आगामी फागुन २१ गते चुनावको मिति तय गरियो। नयाँ सरकार गठनसँगै आन्दोलनका सहिदहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो। सहिद परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णयसहित उच्चस्तरीय छानबिन आयोग गठन भयो। नयाँ मन्त्रिपरिषद्मा कुलमान घिसिङ, रामेश्वर खनाल, ओमप्रकाश अर्याल लगायत नियुक्त भए। सरकारले असोज १२ मा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखकसहित पाँचजनाको पासपोर्ट रोक्का गर्याे। आन्दोलन दमनमा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध छानबिन अघि बढाइएको छ। तर, निर्वाचनबारे दलहरूमा मतभेद कायमै छ। कांग्रेस र एमाले संसद पुनःस्थापनाको पक्षमा छन् भने माओवादी केन्द्र र वैकल्पिक शक्तिहरू चुनावमा जानुपर्ने अडानमा छन्।

 

यसबीच, आन्दोलन दमनमा न्याय खोज्दै जेनजी प्रतिनिधिहरूले उजुरी दिए पनि कारबाही प्रक्रियामा ढिलाइ भएको भन्दै असन्तुष्टि बढेको छ। असोज २४ मा एमाले र जेनजी कार्यकर्ताबीच झडपको स्थिति बनेपछि राष्ट्रपति पौडेलले दलहरूलाई शीतल निवासमा बोलाएर शान्ति र निर्वाचन तयारीबारे छलफल गरेका छन्।एक महिनामा सत्ता परिवर्तन, निर्वाचन घोषणा र सार्वजनिक आक्रोश व्यवस्थापनका प्रयासहरू भएपनि संक्रमणकालीन अवस्थाको अन्त्य र दीर्घकालीन समाधान अझै चुनौतीकै रूपमा रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब

महेन्द्र मोरङका स्ववियु सदस्य अंकित पोखरेलको निधन

विराटनगर, १२ कात्तिक । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा परेर निधन भएको छ।बुधबार मध्यरात

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर विश्वाद्वारा असहायलाई भोजन सहयोग

दमक,१२ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर विश्वाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको