गजल अभियन्ता पथिकको सृजनायात्रा

अनुशीलन

दमक, २५ असोज / जीवनमा सधैं उत्साह भर्दै निरन्तर यात्रारत घनश्याम दाहाल सृजना यात्रामा घनश्याम पथिकका रुपमा स्थापित हुनुहुन्छ । झापाको दमक ३ निवासी इश्वरीप्रसाद र इन्द्रकुमारीका सन्तान चञ्चल स्वभावका उहाँ विद्यालय पढ्दादेखि नै केही लेखेर सुनाउँदै वातावरण रमाइलो बनाउन शिपालु हुनुहुन्थ्यो ।

 

गजल र कविता लेखेर कार्यक्रमहरुमा पुग्ने गर्नुभएका उहाँ उच्चशिक्षाका लागि काठमाडौं गएपछिदेखि गजल अभियन्ताका रुपमा आफूलाई उभ्याउनु भयो । यसक्रममा गजलको अध्ययन, अनुसन्धानसहित यसको व्यवस्थापन, विस्तार तथा प्रवद्र्धनमा लागिपरेको ‘अनाममण्डली’को सदस्य रहेर गतिविधिमा सक्रिय रुपमा सामेल बन्नु भयो ।

 

गजल लेखन र यसलाई विधागत रुपमा स्थापित गर्न मरिहत्ते गर्ने मध्येका उहाँको पहिलो सृजनाका रुपमा २०६५ सालमा ‘सहर तिम्रो भए’ गजल संग्रह प्रकाशित भयो । त्यसभित्रको गजल रेकर्ड पनि भयो । त्यो बेला अनाममण्डलीको प्रकाशनमा बहरवद्ध गजलहरुको संयुक्त संग्रह ‘गजलमाला’ को सम्पादन समूहमा रहेर पनि काम गर्नुभयो । त्यो बेलाको गजलको माहोलको क्षण सम्झिंदा आङनै जिरिङ्ग हुने ज्यादै मिठो अनुभूति छ उहाँसँग । त्यो बेला सुरेश वाग्ले, सुरेश सुवेदी, बालकृष्ण रेग्मी, घनेन्द्र ओझा, पदम गौतम, प्रभातिकिरण, सानो मान्छे, बलराम दाहालसहितको त्यो माहोल गजल गृहहँुदै अनाममण्डलीमा गजल लहर ल्याउने साथीहरु उहाँ सम्झिनुहुन्छ । गजलसँगै कविता पनि लेख्दै आउनु भएका उहाँको २०६६ सालमा कविता संग्रह ‘पहेंलो फूल र स्वप्न’, २०६९ सालमा गजल संग्रह ‘भूल जिन्दगीको’ प्रकाशित भयो । केही गजल र गीत रेकर्डको क्रम अघि बढ्यो । त्यसपछि उहाँको लेखन अझ फराकिलो आकाश खोज्दै आख्यानतिर मोडियो । फलस्वरुप २०७२ मा ‘युनिका’ र २०७८ मा ‘छुई’ उपन्यास प्रकाशित भए । जसबाट उहाँ उपन्यासकारका रुपमा समेत चिनिनु भयो । सम्मानित र पुरस्कृत बन्दै जानु भयो ।

 

रसायनशास्त्रमा स्नातकोत्तर सकेर दमक फर्किएपछि ०६८ सालबाट क्याम्पसमा प्राध्यापन पेसामा आवद्ध बन्नुभयो । लाइफलाइन कलेजपछि दमक बहुमुखी क्याम्पसकासाथै ग्लोबल क्याम्पसमा उपप्राध्यापकका रुपमा अध्यापनमा व्यस्त हुनुहुन्छ । ०६९ सालबाट स्थानीय हिमशिखर टेलिभिजनमार्फत साहित्य र कला सम्बन्धिको कार्यक्रम ‘अन्तरंग’ सञ्चालन गरी नेपाली सृजनाको विस्तारमा निरन्तर लागिरहनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको कुराकानीको भिडिओ हेरौं :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८