पोखरा विमानस्थलको डिजाइनमा प्रश्न

प्रतिवेदनद्धारा हवाई सुरक्षामा लगानीको कमी र निगमको संरचनागत सुधारको आवश्यकता

काठमाडौंँ,२५ असोज । नागरिक उड्डयन क्षेत्रमा देखिएका दर्जनौँ समस्याको कारण र त्यसलाई समाधानको खाकासहित तयार भएको सुझाव प्रतिवेदन कार्यान्वयनमा जाने भएको स्रोतले जनाएको छ ।

cover (1)

पूर्ववर्ती सरकारले गठन गरेको ‘नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित सुझाव समितिको प्रतिवेदन’मा गरिएको सिफारिस कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयमा पठाउनेगरी मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सयौं सुझावहरू कार्यान्वयनको चरणमा गएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समितिको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय गरेको हो । यसअघि असोज १२ गते उक्त प्रतिवेदन समितिले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको थियो भने हाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, उद्योग वाणिज्य तथा आपूर्ति कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी लिएका मन्त्री अनिल सिन्हाको नेतृत्वमा तत्कालीन सरकारले यस्तो उच्चस्तरीय समिति गठन गरेको हो।

 

समितिमा हवाई व्यवस्थापन विज्ञ सदस्यका रूपमा राजेन्द्रबहादुर सिंह, हवाई सुरक्षा विज्ञ भेषराज सुवेदी, क्याप्टेन रिवाज प्रधान र सदस्य सचिवका रूपमा पर्यटन मन्त्रालयका सहसचिव रामकृष्ण लामेछाने रहनु भएको छ् ।

उक्त समितिले वैशाख ३१ गते अध्ययन सम्पन्न गरेको हो। अध्ययनका क्रममा प्राप्त प्रमाण तथा विज्ञका भनाइका आधारमा प्रतिवेदन तयार गरिएको हो। तर समितिका अध्यक्ष सिन्हा मन्त्री नियुक्त भइसकेकाले सदस्य राजेन्द्र बहादुर सिंहको नेतृत्वमा उक्त प्रतिवेदन बुझाइएको हो।

उक्त समितिलाई सुरुमा नागरिक उड्डयनसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय नीति निर्माण, हवाई सुरक्षा तथा सुदृढीकरण, विगतमा गठन गरिएका अध्ययन तथा दुर्घटना जाँच समितिको प्रतिवेदनबाट प्राप्त सिफारिस, घटना रिपोर्टिङ र अनुसन्धान प्रक्रिया, खोज तथा उद्दार, लाइसेन्स प्रक्रिया, आईकाओ र युरोपियन युनियनले उठाएका सवाल लगायत १४ वटा विषयमा अध्ययन गरी सुझाव पेस गर्ने कार्यादेश रहेको थियो ।

पछि गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल र नेपाल वायु सेवा निगमको सञ्चालनको सम्बन्धमा समेत सुझाव दिने कार्यादेश थप गरिएको थियो त्यसैले सोही कार्यादेश बमोजिम समितिले बनाएको ६९१ पृष्ठ लामो प्रतिवेदनमा पेस गरिएको समितिका सदस्यहरु बताउँछन् ।

अध्ययनका क्रममा नागरिक उड्डयनसँग सम्बन्धित १४ वटा संस्था तथा १०६ जना व्यक्तिसँग छलफल गरिएको थियो । यसका लागि नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ९आईकाओ० को रिजनल अफिस बैंककमा समेत गएर छलफल गरिएको हो । अध्ययन समितिका लागि विदेशमा गएर समेत छलफल गरेको यो नौलो दृष्टान्त रहेको समितिका सदस्यहरू बताँउ छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लागू औषध र जबरजस्ती करणीका मुद्दाको न्यायिक पद्धतिमा सुधारको पर्खाई

लागू औषध र जबरजस्ती करणी जस्ता मुद्दाहरूमा न्याय सम्पादन गर्दा राज्य केवल ‘सजायमुखी’ मात्र हुनु हुँदैन। फरेन्सिक जाँच जस्ता प्राविधिक पक्षलाई सुदृढ बनाई समयमै प्रतिवेदन आउने वातावरण बनाउनु पर्छ ताकि मुद्दाको चाङ कम होस् र वास्तविक पीडितले छिटो न्याय पाओस्।

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच