नेपाली कांग्रेसका नेता कोइरालाद्धारा देउवालाई केन्द्रीय समिति भंग गर्न सुझाव

काठमाडौं,२५ असोज । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति भंग गर्न सुझाव दिनु भएको छ।

 

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी हुन सानेपा पुग्नु भएको कोइरालाले सभापति देउवालाई केन्द्रीय समिति भंग गरेर कार्यवाहक तोक्न सुझाउनु भयो।

 

उहाँले भन्नु भयो,‘विशेष महाधिवेशन होइन अब नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई यो समिति विघटन गर्नुस् एक जनालाई कार्यवहाक सभापति दिनुस्।उहाँले गठन गर्नु हुन्छ्। महाधिवेशनको मिति तय गर्नु हुन्छ्।’

 

हाँे अहिलेको समस्या समाधान गर्नको चुनावको विकल्प नभएकाले त्यसलाई नकार्न नसकिने बताउनु भयो।

उहाँले अगाडि भन्नु भयो, ‘चुनावमा त जानु न ैपर्छ, लोकतान्त्रिक पार्टी भएकाले चुनावमा भाग नलिने भन्ने हुँदैन। त्यसैले अरू दलहरूसँग मिलेर एउटा बाटो लिनुपर्छ भन्ने सुझाव आएको छ। संसद् पुनःस्थापनाको कुरा त कानुनी भयो। तर समस्या समाधानको लागि त चुनाव नै चाहिन्छ। शान्ति स्थापनाको लागि सरकारलाई आग्रह गर्छौँ, निष्पक्ष र धाँधलीरहित चुनाव हुनुपर्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब

महेन्द्र मोरङका स्ववियु सदस्य अंकित पोखरेलको निधन

विराटनगर, १२ कात्तिक । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा परेर निधन भएको छ।बुधबार मध्यरात

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर विश्वाद्वारा असहायलाई भोजन सहयोग

दमक,१२ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर विश्वाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको