नेपाली कांग्रेसका नेता कोइरालाद्धारा देउवालाई केन्द्रीय समिति भंग गर्न सुझाव

काठमाडौं,२५ असोज । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति भंग गर्न सुझाव दिनु भएको छ।

 

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सहभागी हुन सानेपा पुग्नु भएको कोइरालाले सभापति देउवालाई केन्द्रीय समिति भंग गरेर कार्यवाहक तोक्न सुझाउनु भयो।

 

उहाँले भन्नु भयो,‘विशेष महाधिवेशन होइन अब नियमित महाधिवेशन गर्नु पर्छ । मैले शेरबहादुरजीलाई यो समिति विघटन गर्नुस् एक जनालाई कार्यवहाक सभापति दिनुस्।उहाँले गठन गर्नु हुन्छ्। महाधिवेशनको मिति तय गर्नु हुन्छ्।’

 

हाँे अहिलेको समस्या समाधान गर्नको चुनावको विकल्प नभएकाले त्यसलाई नकार्न नसकिने बताउनु भयो।

उहाँले अगाडि भन्नु भयो, ‘चुनावमा त जानु न ैपर्छ, लोकतान्त्रिक पार्टी भएकाले चुनावमा भाग नलिने भन्ने हुँदैन। त्यसैले अरू दलहरूसँग मिलेर एउटा बाटो लिनुपर्छ भन्ने सुझाव आएको छ। संसद् पुनःस्थापनाको कुरा त कानुनी भयो। तर समस्या समाधानको लागि त चुनाव नै चाहिन्छ। शान्ति स्थापनाको लागि सरकारलाई आग्रह गर्छौँ, निष्पक्ष र धाँधलीरहित चुनाव हुनुपर्छ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८

गोसाइँकुण्डबाट फर्कन वैकल्पिक मार्ग प्रयोग गर्न मन्त्रालयको आग्रह

काठमाडौँ ,११ भदौ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवाको गोसाईंकुण्ड दर्शन तथा भ्रमण गरी फर्कने तीर्थ यात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ

लुम्बिनीका १२९ जना सम्पर्कविहीन

बुटवल , ११ भदौ। रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १२९ जना सम्पर्कविहीन भएका प्रारम्भिक विवरण आएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय,

सद्गुरुको भावुक भिडियो , हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्

काठमाडौं ,११ भदौ। केही समयअघि नेपाल आएर कैलाश यात्रामा निस्किएका सद्गुरुको समूहका ८० जना सदस्य सम्पर्कमा नरहेको उहाँले भिडियो सन्देशमार्फत जानकारी दिनुभयो । भिडियो सन्देश

वीर अस्पतालमा बाढीपीडित वृद्धाको उपचार जारी

काठमाडौँ ,११ भदौ। रसुवामा आएको बाढीबाट प्रभावित अन्दाजी ७५ वर्षीया वृद्धाको उपचार वीर अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार ती वृद्धाको पहिचान भएको छैन

टिमुरे बाढीका घाइतेको वीरमा उपचार, ३ जना डिस्चार्ज

काठमाडौँ,११ भदौ । रसुवाको टिमुरेमा बाढीमा पर्नु भएका तुल्सीबहादुर भण्डारी हाल वीर अस्पतालको इमरजेन्सी कक्षमा उपचाररत हुनुन्छ् । ५३ वर्षीय भण्डारीको कानमा चोट लागेको छ