एमाले झापाको सातौ पूर्ण बैठक : सबै नेताको सम्पत्ती छानबिनका लागि तयार रहेको घोषणा

 

असोज २६, झापा ।नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले संवैधानिक मार्गबाट मात्रै मुलुक अघि बढ्न सक्ने बताएका छन् । नेकपा एमाले झापाको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले संसद पुनस्र्थापना गरेर ताजा जनादेशमा जानुपर्ने बताए ।झापाको बिर्तामोडमा आयोजित बैठकमा नेता राईले एमाले निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।

 

कोशी प्रदेशका प्रथम मुख्यमन्त्री राईले एमाले मुलुकको रक्षाका लागि आन्दोलन र संघर्षका गर्न सधैं तयार रहेको स्पष्ट पारेका छन् । उनले आगामी दिनमा देशको रक्षाका लागि एमालेजनहरुलाई तयारी अवस्थामा बस्न आग्रह समेत गरे ।
बैठकलाई सम्बोधन गर्दै नेता राईले एमाले र यसका नेताहरुले पनि कमजोरीमाथि समीक्षा गर्दै सच्चिएर अघि बढ्नुपर्ने धारणा राखे ।

अहिले एमालेको नेतृत्वमाथि मुख्य प्रहार भइरहेको बेला नेतृत्व परिवर्तनको सवाल अस्वभाविक हुने बताएका छन् ।कोशी प्रदेश इञ्चार्ज राईले २०४६ सालपछि लाभका पदमा पुगेका सबै नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गरेर छानविनका लागि एमाले तयार रहेको बताए ।

 

यस्तै, स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जेनजी आन्दोलनमा भएका घटनाहरुको निष्पक्ष न्यायिक छानविन गनुपर्ने बताएका छन् । उनले भदौं २३ र २४ गतेको घटनाको छानविनबाट सरकार भाग्न नमिल्ने बताए । उनले समृद्ध राष्ट्र निर्माणका लागि एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रिय शक्ति निर्माण गर्न पार्टीमा मजवदु एकता कायल गरेर जानुपर्ने उनको धारणा थियो ।

 

बैठकमा कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीलगायतले सम्बोधन गरेका थिए ।पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले जेनजी आन्दोलनका क्रममा पार्टीको केन्द्रीय, प्रदेश, नगर, वडालगायतका नेता कार्यकर्ताहरूको घरमा आगजनी, भौतिक सम्पति लुटपाट, तोडफोडलगायतको विवरण प्रस्तुत गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब

महेन्द्र मोरङका स्ववियु सदस्य अंकित पोखरेलको निधन

विराटनगर, १२ कात्तिक । विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा परेर निधन भएको छ।बुधबार मध्यरात

प्रगति नदेखिएपछि मेची करिडोरको ठेक्का तोडियो

इलाम, १२ कात्तिक । मेची करिडोरअन्तर्गत इलामको बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्धारित समयभन्दा लामो समय बितिसक्दा पनि कामले गति लिन

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर विश्वाद्वारा असहायलाई भोजन सहयोग

दमक,१२ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर विश्वाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको