एमाले झापाको सातौ पूर्ण बैठक : सबै नेताको सम्पत्ती छानबिनका लागि तयार रहेको घोषणा

 

असोज २६, झापा ।नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले संवैधानिक मार्गबाट मात्रै मुलुक अघि बढ्न सक्ने बताएका छन् । नेकपा एमाले झापाको सातौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले संसद पुनस्र्थापना गरेर ताजा जनादेशमा जानुपर्ने बताए ।झापाको बिर्तामोडमा आयोजित बैठकमा नेता राईले एमाले निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।

 

कोशी प्रदेशका प्रथम मुख्यमन्त्री राईले एमाले मुलुकको रक्षाका लागि आन्दोलन र संघर्षका गर्न सधैं तयार रहेको स्पष्ट पारेका छन् । उनले आगामी दिनमा देशको रक्षाका लागि एमालेजनहरुलाई तयारी अवस्थामा बस्न आग्रह समेत गरे ।
बैठकलाई सम्बोधन गर्दै नेता राईले एमाले र यसका नेताहरुले पनि कमजोरीमाथि समीक्षा गर्दै सच्चिएर अघि बढ्नुपर्ने धारणा राखे ।

अहिले एमालेको नेतृत्वमाथि मुख्य प्रहार भइरहेको बेला नेतृत्व परिवर्तनको सवाल अस्वभाविक हुने बताएका छन् ।कोशी प्रदेश इञ्चार्ज राईले २०४६ सालपछि लाभका पदमा पुगेका सबै नेता कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गरेर छानविनका लागि एमाले तयार रहेको बताए ।

 

यस्तै, स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जेनजी आन्दोलनमा भएका घटनाहरुको निष्पक्ष न्यायिक छानविन गनुपर्ने बताएका छन् । उनले भदौं २३ र २४ गतेको घटनाको छानविनबाट सरकार भाग्न नमिल्ने बताए । उनले समृद्ध राष्ट्र निर्माणका लागि एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रिय शक्ति निर्माण गर्न पार्टीमा मजवदु एकता कायल गरेर जानुपर्ने उनको धारणा थियो ।

 

बैठकमा कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीलगायतले सम्बोधन गरेका थिए ।पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले जेनजी आन्दोलनका क्रममा पार्टीको केन्द्रीय, प्रदेश, नगर, वडालगायतका नेता कार्यकर्ताहरूको घरमा आगजनी, भौतिक सम्पति लुटपाट, तोडफोडलगायतको विवरण प्रस्तुत गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित