झापा, २६ असोज। ‘श्रम संस्कृति पार्टी’ खोल्न लाग्नु भएको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो संगठन विस्तार गर्न झापा आउने हुनु भएको छ।
भोलि मेचीनगरमा हुने कार्यक्रममा उहाँ सहभागी हुन लाग्नु भएको हो । स्वतन्त्र नागरिक समाज बिर्तामोडले भोलि बिहान ११ बजे मेचीनगर नगरपालिका –६ काँकडभिट्टास्थित सामुदायिक भवनमा कार्यक्रम गर्न लागेको छ। जसको प्रमुख अतिथि मेयर साम्पाङ रहनु हुने छ।
स्वतन्त्र भएर मेयरमा जितेका हर्क साम्पाङलाई सहयोग गर्ने गरी केही महिनाअघि बिर्तामोडमा हिमालय प्रकाश कन्दङवाको अध्यक्षतामा सो संस्था स्थापना भएको हो। साम्पाङले राजनीतिक दल खोल्न लागेको अबस्थामा पुरै संस्था समाहित हुने विषयमा जिज्ञासा राख्दा समाजकी कोषाध्यक्ष ससिता राईले इच्छा हुनेहरु पार्टीमा जाने र इच्छा नहुनेहरु नजाने बताउनु भयो ।









