मेयर साम्पाङ संगठन विस्तार गर्न भोलि झापा आउँदै

झापा, २६ असोज। ‘श्रम संस्कृति पार्टी’ खोल्न लाग्नु भएको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आफ्नो संगठन विस्तार गर्न झापा आउने हुनु भएको छ।

भोलि मेचीनगरमा हुने कार्यक्रममा उहाँ सहभागी हुन लाग्नु भएको हो । स्वतन्त्र नागरिक समाज बिर्तामोडले भोलि बिहान ११ बजे मेचीनगर नगरपालिका –६ काँकडभिट्टास्थित सामुदायिक भवनमा कार्यक्रम गर्न लागेको छ। जसको प्रमुख अतिथि मेयर साम्पाङ रहनु हुने छ।

स्वतन्त्र भएर मेयरमा जितेका हर्क साम्पाङलाई सहयोग गर्ने गरी केही महिनाअघि बिर्तामोडमा हिमालय प्रकाश कन्दङवाको अध्यक्षतामा सो संस्था स्थापना भएको हो। साम्पाङले राजनीतिक दल खोल्न लागेको अबस्थामा पुरै संस्था समाहित हुने विषयमा जिज्ञासा राख्दा समाजकी कोषाध्यक्ष ससिता राईले इच्छा हुनेहरु पार्टीमा जाने र इच्छा नहुनेहरु नजाने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका २३२ जग्गाधनीको लालपुर्जा कार्यान्वयनमा ल्याउने तयारी

दमक,१२ कार्तीक । झापाको दमक क्षेत्रमा साविकमा लालपुर्जा प्राप्त गरेका २३२ जना जग्गाधनीको जग्गासम्बन्धी विवरण सच्याएर लालपुर्जा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।जिल्ला भूमि समस्या

दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमकमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथरको मेमेङ गाउँपालिका–९ घर भई

कर्णालीमा वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सुर्खेत,१२ कार्तीक । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

कांग्रेस इतर समूहद्वारा ९० क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं,१२ कार्तीक । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।उक्त समूहका नेता

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब