अर्नव चक्रवातको प्रभाव

कर्णालीमा वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सुर्खेत,१२ कार्तीक । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। मौसम–जलवायु विज्ञान कार्यालय सुर्खेतका अनुसार बिहीबार कात्तिक १२ गतेदेखि शनिबार कात्तिक १४ गतेसम्म मौसममा प्रभाव पर्ने सम्भावना छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा रहेको अर्नव चक्रवात थप शक्तिशाली हुने सम्भावना छ। यसको प्रभाव बिहीबार रातिदेखि सुरु हुने अनुमान गरिएको छ।कर्णाली प्रदेशसहित हुम्ला जिल्लाका केही स्थानमा हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको छ। शुक्रबार र शनिबार देशका विभिन्न भूभागमा समेत वर्षा तथा हिमपातको प्रभाव पर्न सक्ने पूर्वानुमान गरिएको छ।सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै हुम्ला र डोल्पा जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

 

हुम्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् प्रतिकार्य कमान्ड पोस्टको बैठकले कात्तिक १२, १३ र १४ गते जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्रमा वर्षा हुन सक्ने भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।हुम्ला जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा धानलगायतका खडा बाली काट्ने, भिर्त्याउने तथा सुरक्षित भण्डारण गर्ने काम कात्तिक १२ गतेअघि नै गर्न आग्रह गरिएको छ। सम्भावित वर्षाबाट बालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई मौसमको पूर्वानुमानअनुसार आवश्यक तयारी गर्न अनुरोध गरिएको हो।

 

त्यस्तै, पर्यटक, तीर्थयाक्री तथा ट्रेकिङमा जाने व्यत्तिलाई उच्च हिमाली क्षेत्रमा नजान र गइसकेका भए उक्त अवधिभर सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।उच्च चरन क्षेत्रमा रहेका पशुचौपाया, गोठाला तथा जडीबुटी सङ्कलन गर्न गएका व्यक्तिलाई पनि तत्काल सुरक्षित स्थानमा सर्न अनुरोध गरिएको छ।डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ठकुल्लाले पनि सूचना जारी गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटक तथा उच्च पहाडी क्षेक्रमा जाने व्यत्तिलाई यात्रा नगर्न आग्रह गर्नु भएको छ।

 

जिल्ला प्रशासन कार्यालय डोल्पाले जोखिमयुक्त क्षेत्रमा पदयात्रा गर्न अनुमति नलिन र पदयात्रा अनुमति जारी भएका मितिबाट समेत जोखिमको अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका निषेधित स्थानमा नजान सम्बन्धित सबैलाई सूचित गरेको छ। ट्रेकिङ एजेन्सी, पदयात्री तथा पथप्रदर्शकलाई पनि सूचनाको पालना गर्न अनुरोध गरिएको छ। सम्भावित वर्षाका कारण पहिरो, बाढी, लेदो तथा गेग्रान बहावको जोखिमसमेत रहेकाले पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्नेले विशेष सावधानी अपनाउन आवश्यक छ। मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्र यात्रा गर्न र सम्भव भएसम्म जोखिमयुक्त क्षेत्रमा नजान सम्बन्धित निकायले आग्रह गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका २३२ जग्गाधनीको लालपुर्जा कार्यान्वयनमा ल्याउने तयारी

दमक,१२ कार्तीक । झापाको दमक क्षेत्रमा साविकमा लालपुर्जा प्राप्त गरेका २३२ जना जग्गाधनीको जग्गासम्बन्धी विवरण सच्याएर लालपुर्जा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।जिल्ला भूमि समस्या

दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमकमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथरको मेमेङ गाउँपालिका–९ घर भई

कर्णालीमा वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सुर्खेत,१२ कार्तीक । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

कांग्रेस इतर समूहद्वारा ९० क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं,१२ कार्तीक । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।उक्त समूहका नेता

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब