दमकका २३२ जग्गाधनीको लालपुर्जा कार्यान्वयनमा ल्याउने तयारी

दमक,१२ कार्तीक । झापाको दमक क्षेत्रमा साविकमा लालपुर्जा प्राप्त गरेका २३२ जना जग्गाधनीको जग्गासम्बन्धी विवरण सच्याएर लालपुर्जा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।जिल्ला भूमि समस्या समाधान समितिले दोहोरो स्वामित्वको समस्या देखिएका जग्गाधनीको नामावली सार्वजनिक गरेको हो। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार दमक नगरपालिका मार्फत सम्बन्धित जग्गाधनीको विवरण सार्वजनिक गरिएको छ।पोखरेलका अनुसार विगतमा सुकुम्बासी समस्या समाधानका लागि गठित आयोगबाट लालपुर्जा वितरण गरिए पनि मालपोत कार्यालयमा रहेको जग्गाको स्रोत अभिलेखमा नेपाल सरकारकै नाम कायम रहेकाले ती पुर्जा कार्यान्वयनमा आउन सकेका थिएनन्।

 

व्यक्तिका नाममा लालपुर्जा जारी भए पनि मालपोतको अभिलेखमा जग्गा नेपाल सरकारकै नाममा कायम रहँदा स्वामित्व सम्बन्धी दोहोरो अभिलेखको समस्या देखिएको हो। सोही समस्या समाधान गर्न सम्बन्धित जग्गाधनीको विवरण सच्याएर लालपुर्जा कार्यान्वयनमा ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो।उहाँका अनुसार विवरण सच्याउने काम सम्पन्न भएमा साविकमा लालपुर्जा प्राप्त गरेका २३२ जना जग्गाधनीको पुर्जा कार्यान्वयनमा आउनेछ।सम्बन्धित जग्गाधनीको विवरण सच्याउने प्रक्रिया पूरा भएपछि उनीहरूले विगतमा प्राप्त गरेको लालपुर्जाका आधारमा जग्गाको स्वामित्वसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका २३२ जग्गाधनीको लालपुर्जा कार्यान्वयनमा ल्याउने तयारी

दमक,१२ कार्तीक । झापाको दमक क्षेत्रमा साविकमा लालपुर्जा प्राप्त गरेका २३२ जना जग्गाधनीको जग्गासम्बन्धी विवरण सच्याएर लालपुर्जा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।जिल्ला भूमि समस्या

दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमकमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथरको मेमेङ गाउँपालिका–९ घर भई

कर्णालीमा वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सुर्खेत,१२ कार्तीक । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

कांग्रेस इतर समूहद्वारा ९० क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं,१२ कार्तीक । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।उक्त समूहका नेता

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब