दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमकमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथरको मेमेङ गाउँपालिका–९ घर भई हाल मोरङको लेटाङ–८ बस्ने अन्दाजी ५४ वर्षीय मंगलप्रसाद साउदेन रहनु् भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक नगरपालिका–५ स्थित बजाज शोरुम अगाडि बुधबार साँझ करिब ४ ः ४५ बजे दुर्घटना भएको हो। लेटाङबाट दमकतर्फ आउँदै गरेको प्र १–०२–०५३ प ७४३९ नम्बरको मोटरसाइकललाई प्र १–०१–००१ ख ४२९२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिएको थियो।

 

दुर्घटनामा छातीमा भित्री चोट लागेका साउदेनलाई तत्काल स्थानीय निम्स अस्पताल दमक पुर्‍याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि साँझ ५ : १० बजे विराटनगरस्थित विराट टिचिङ अस्पताल पठाइएकोमा उपचारकै क्रममा साँझ ६ : ५५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। बसमा यात्रु सवार रहेकाले चालक मेचीनगर–७ बस्ने ४६ वर्षीय देवीप्रसाद ओलीलाई गन्तव्यतर्फ जान दिइए पनि बसको सम्पूर्ण कागजात ट्राफिक प्रहरीले नियन्त्रणमा राखेको जनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका २३२ जग्गाधनीको लालपुर्जा कार्यान्वयनमा ल्याउने तयारी

दमक,१२ कार्तीक । झापाको दमक क्षेत्रमा साविकमा लालपुर्जा प्राप्त गरेका २३२ जना जग्गाधनीको जग्गासम्बन्धी विवरण सच्याएर लालपुर्जा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।जिल्ला भूमि समस्या

दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमकमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथरको मेमेङ गाउँपालिका–९ घर भई

कर्णालीमा वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सुर्खेत,१२ कार्तीक । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

कांग्रेस इतर समूहद्वारा ९० क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं,१२ कार्तीक । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।उक्त समूहका नेता

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब