अनेरास्ववियुद्धारा मतदाता सूचीमा नाम दर्ता गर्न विद्यार्थीहरूलाई अनुरोध

काठमाडौँ,२६ असोज । नेकपा (एमाले) निकट अनेरास्ववियुले मतदाता सूचीमा नाम दर्ता गराउन सबै कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गरेको जनाएको छ ।

 

अनेरास्ववियुका महासचिव दीपक धामीले आइतबार सर्कुलर जारी गर्दै निर्वाचन आयोगले आगामी फागुन २१ गतेलाई निर्वाचन मिति तोकेकाले मतदाता मतदाता सूचीमा नाम दर्ता उमेर पुगेका कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गर्नु भएको छ ।

 

‘निर्वाचन आयोगले २०८२ फागुन २१ गतेलाई निर्वाचन मिति तोकेको र फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने निर्णय भएको हुँदा मतदाता सूचीमा नाम दर्ता वा अद्यावधिक गर्न बाँकी सम्पूर्ण कमरेडहरूले निर्वाचन आयोगले तोकेको प्रक्रियाअनुसार मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरिन्छ’, महासचिव धामीले जारी गरेको विशेष सर्कुलरमा उल्लेख गरिएको छ ।

उहाँले मातहतका कमिटीहरूलाई मतदाता नामावलीमा समावेश हुन बाँकी सबैलाई सम्बन्धित निकायको दर्ता प्रक्रियामा सहजीकरण गर्न अनुरोध समेत गर्नु भएको छ ।

उहाँले निर्वाचित सरकारको अनुपस्थितिका बिच सार्वभौमसत्ता, लोकतन्त्र र विधिको शासन जस्ता संवैधानिक मूल्यहरूमा चुनौतीपूर्ण अवस्था व्यहोर्नु परिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणका लागि अनेरास्ववियुको सबै पङ्क्ति अझ संगठित, र एकताबद्ध भई राष्ट्रहितमा सक्रिय रहनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

1afd4d21-138a-4259-823f-4cfd37d6677d

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका २३२ जग्गाधनीको लालपुर्जा कार्यान्वयनमा ल्याउने तयारी

दमक,१२ कार्तीक । झापाको दमक क्षेत्रमा साविकमा लालपुर्जा प्राप्त गरेका २३२ जना जग्गाधनीको जग्गासम्बन्धी विवरण सच्याएर लालपुर्जा कार्यान्वयनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।जिल्ला भूमि समस्या

दमकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, १२ कात्तिक । झापाको दमकमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।मृत्यु हुनेमा पाँचथरको मेमेङ गाउँपालिका–९ घर भई

कर्णालीमा वर्षा र हिमपातको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

सुर्खेत,१२ कार्तीक । अर्नव चक्रवात र पश्चिमी वायुको प्रभावले कर्णाली प्रदेशका हिमाली जिल्लासहित देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

कांग्रेस इतर समूहद्वारा ९० क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं,१२ कार्तीक । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ ।उक्त समूहका नेता

भारत–चीन जोड्ने व्यापारिक मार्ग

सुर्खेत,१२ कार्तीक । भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । करिब ५०५ किलोमिटर लामो

अर्जुनधारामा अवैध सुर्तीसहित दुई जना पक्राउ, अटो र स्कुटर नियन्त्रणमा

अर्जुनधारा , १२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले अवैध सुर्तीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट एक थान अटो र स्कुटर समेत बरामद

सर्लाहीको बलरामा सडक छेउको खाल्डोमा पुरुषको शव फेला

सर्लाही,१२ कार्तीक । सर्लाहीको बलरा नगरपालिका–१, मिर्जा हतिऔल स्थित सडक छेउको खाल्डोमा बुधबार बिहान एक पुरुष मृत फेला परेका छन्। स्थानीय बासिन्दाले बुधबार बिहान करिब