अनेरास्ववियुद्धारा मतदाता सूचीमा नाम दर्ता गर्न विद्यार्थीहरूलाई अनुरोध

काठमाडौँ,२६ असोज । नेकपा (एमाले) निकट अनेरास्ववियुले मतदाता सूचीमा नाम दर्ता गराउन सबै कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गरेको जनाएको छ ।

 

अनेरास्ववियुका महासचिव दीपक धामीले आइतबार सर्कुलर जारी गर्दै निर्वाचन आयोगले आगामी फागुन २१ गतेलाई निर्वाचन मिति तोकेकाले मतदाता मतदाता सूचीमा नाम दर्ता उमेर पुगेका कमिटी मातहतका विद्यार्थीलाई अनुरोध गर्नु भएको छ ।

 

‘निर्वाचन आयोगले २०८२ फागुन २१ गतेलाई निर्वाचन मिति तोकेको र फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने निर्णय भएको हुँदा मतदाता सूचीमा नाम दर्ता वा अद्यावधिक गर्न बाँकी सम्पूर्ण कमरेडहरूले निर्वाचन आयोगले तोकेको प्रक्रियाअनुसार मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध गरिन्छ’, महासचिव धामीले जारी गरेको विशेष सर्कुलरमा उल्लेख गरिएको छ ।

उहाँले मातहतका कमिटीहरूलाई मतदाता नामावलीमा समावेश हुन बाँकी सबैलाई सम्बन्धित निकायको दर्ता प्रक्रियामा सहजीकरण गर्न अनुरोध समेत गर्नु भएको छ ।

उहाँले निर्वाचित सरकारको अनुपस्थितिका बिच सार्वभौमसत्ता, लोकतन्त्र र विधिको शासन जस्ता संवैधानिक मूल्यहरूमा चुनौतीपूर्ण अवस्था व्यहोर्नु परिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र संस्थागत सुदृढीकरणका लागि अनेरास्ववियुको सबै पङ्क्ति अझ संगठित, र एकताबद्ध भई राष्ट्रहितमा सक्रिय रहनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

1afd4d21-138a-4259-823f-4cfd37d6677d

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन