मनकामना सामुदायिक वनको १७ औं साधारणसभा

पथरी, २७ असोज /  मोरङको पथरीशनिश्चरे नगरपालिका १, मा अवस्थित मनकामना सामुदायिक वन उपभोक्ता समूहको १७ औं साधारणसभा सोमबार सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राईले मनकामना सामुदायिक वनबारे अमेरिकामा समेत चर्चा हुने गरेको प्रसंग उल्लेख गर्नुभयो । अमेरिकामा रहेका आफ्नो साथीले पथरीको मनाकामना सामुदायिक वनमा रहेको कटुसे र ट्रिहाउस बारे चर्चा गर्ने गरेको बताउनुभयो ।

 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश समिति सदस्य अग्नी पौडेलले देशमा विषम परिस्थिति भएको कारण कानून संशोधन नभएपनि सामुदायिक वनमा लाग्ने कर घट्नुपर्ने बताउनुभयो । खुल्ला सत्रमा समूहका अध्यक्ष उदयकुमार राई (दिनेश)ले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

 

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मोरङ जिल्ला अध्यक्ष मदन पोखरेल, पथरीशनिश्चरे नगर समिति अध्यक्ष मैना आचार्य, डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साह, सुनाखरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

खुला सत्रमा अध्यक्ष उदयकुमार राई, सचिव मञ्जु लिम्बू, कोषाध्यक्ष शान्तमाया शेर्पा, लेखा समिति संयोजक यामबहादुर सुब्बाद्वारा प्रतिवेदन पेस भएको थियो । कार्यक्रममा एकल महिला र जेष्ठ उपभोक्ताहरुलाई नगद, टीका र माला लगाएर सम्मान गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हटाइयो सिरहाको गोलबजारमा कफ्र्यू

काठमार्डौं,१७ साउन। जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा जारी कफ्र्यू आदेश हटाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार गोलबजार नगरपालिका क्षेत्रमा

किसान नेता तुलसीलाल र भीमदत्तको विरासत अघि बढाऔँः ओली

काठमाडौं,१७ साउन । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन तथा किसान आन्दोलनका अग्रणी व्यक्तित्व तुलसीलाल अमात्य र अमर शहीद

गौरादहमै सुरु भयो आधुनिक डेन्टल इम्प्लान्ट सेवा

दमक, १७ साउन । स्वस्थ दाँत केवल मुस्कानको सुन्दरता होइन, स्वस्थ जीवनको आधार पनि हो। दाँतले हामीलाई सहज रूपमा खाना चपाउन, स्पष्ट बोल्न र आत्मविश्वासका

काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका

तुलसीलालले पार्टी निर्माणदेखि किसान आन्दोलनसम्म ऐतिहासिक भूमिका खेल्नुभयो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं,१७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा उहाँको योगदानको स्मरण गर्दै सामाजिक न्याय, लोकतन्त्र र जनताको अधिकारका लागि संघर्ष गर्ने

इतिहास र अग्रजको सम्मान नयाँ पुस्ताले गर्नुपर्छ : माधव नेपाल

काठमाडौं,१७ साउन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जननायक तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा जेनजी आन्दोलनका क्रममा महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन