एमालेका जनसंगठनले गराए सरकारको ध्यानाकर्षण

 

दमक असोज २८ । नेकपा एमालेका विभिन्न २३ वटा जनवर्गीय संगठनले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत उनीहरूले सरकारलाई ज्ञापनपत्र पठाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोडमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेर एमालेका जनसंगठनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चन्द्रगढी चोकमा भेला भएका एमालेका नेता कार्यकर्ता ज्ञापनपत्र बुझाउन र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । र्यालीमा सहभागी नेता कार्यकर्ताले वर्तमान सरकारको कार्यशैली ठीक नभएको भन्दै आपत्ति प्रकट गरे ।

सरकार विरुद्ध नाराबाजी गर्दै पुगेका एमाले नेता कार्यकर्ताले सरकारद्वारा गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्ने जनाएका छन् ।आयोगमा राखिएकाहरूले आन्दोलनका क्रममा पूर्वाग्रही विचार, धारणा र टिप्पणीहरू सार्वजनिक गरिसकेको सन्दर्भमा एमालेले उक्त आयोगलाई स्वीकार गर्न नसकिने जनाउँदै आएको छ ।आयोगको निष्पक्षतामाथि प्रश्न उठेकाले त्यसले गर्ने छानबिन र ल्याउने प्रतिवेदनलाई स्वीकार गर्न नसकिने एमाले नेता कार्यकर्ताको ठहर छ ।
ज्ञापन पत्रमा एमालेका जनसंगठनले काठमाडौँका मेयर बालेन शाह र जेनजी आन्दोलनका अगुवा भनिएका सुधन गुरुङको भूमिकाप्रति समेत गम्भीर प्रश्न उठाएका छन् ।

एमालेका जनसंगठनको ज्ञापनपत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले मुलुकमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्नका लागि दलहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै आफ्नो भूमिकामा प्रतिबद्ध रहन अनुरोध गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

’नेपालका लागि संवैधानिक राजसंस्था अपरिहार्य छ’: मनिषा कोइराला

काठमाडौं,१६ साउन । अभिनेत्री मनिषा कोइरालाले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्थायित्वका लागि संवैधानिक राजसंस्था आवश्यक रहेको बताउनु भएको छ।शनिबार शाही युवा शक्ति, नेपालको आयोजनामा भएको

गृहमन्त्रीद्वारा जायज माग पूरा गर्ने आश्वासन, दोस्रो चरणको छलफल आजै

जनकपुर,१६ साउन । गृहमन्त्री सुदन गुरुङ र धनुषाका विभिन्न हिन्दूवादी संघ संस्थाहरुका प्रतिनिधिबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।शनिबार जनकपुरधाममा करीब ३ घण्टा वार्ता

दमकमा हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल सहित तीन जना पक्राउ

दमक, १६ साउन । झापाको दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक सार्वजनिक सडक क्षेत्रमा लागुऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा तीन जनालाई

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित