एमालेका जनसंगठनले गराए सरकारको ध्यानाकर्षण

 

दमक असोज २८ । नेकपा एमालेका विभिन्न २३ वटा जनवर्गीय संगठनले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय झापामार्फत उनीहरूले सरकारलाई ज्ञापनपत्र पठाएका हुन् ।

जेनजी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोडमा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेर एमालेका जनसंगठनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
चन्द्रगढी चोकमा भेला भएका एमालेका नेता कार्यकर्ता ज्ञापनपत्र बुझाउन र्यालीसहित जिल्ला प्रशासन कार्यालय पुगेका थिए । र्यालीमा सहभागी नेता कार्यकर्ताले वर्तमान सरकारको कार्यशैली ठीक नभएको भन्दै आपत्ति प्रकट गरे ।

सरकार विरुद्ध नाराबाजी गर्दै पुगेका एमाले नेता कार्यकर्ताले सरकारद्वारा गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्ने जनाएका छन् ।आयोगमा राखिएकाहरूले आन्दोलनका क्रममा पूर्वाग्रही विचार, धारणा र टिप्पणीहरू सार्वजनिक गरिसकेको सन्दर्भमा एमालेले उक्त आयोगलाई स्वीकार गर्न नसकिने जनाउँदै आएको छ ।आयोगको निष्पक्षतामाथि प्रश्न उठेकाले त्यसले गर्ने छानबिन र ल्याउने प्रतिवेदनलाई स्वीकार गर्न नसकिने एमाले नेता कार्यकर्ताको ठहर छ ।
ज्ञापन पत्रमा एमालेका जनसंगठनले काठमाडौँका मेयर बालेन शाह र जेनजी आन्दोलनका अगुवा भनिएका सुधन गुरुङको भूमिकाप्रति समेत गम्भीर प्रश्न उठाएका छन् ।

एमालेका जनसंगठनको ज्ञापनपत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले मुलुकमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्नका लागि दलहरूको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै आफ्नो भूमिकामा प्रतिबद्ध रहन अनुरोध गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका