दमकमा ‘विज्ञान उत्सव २०२५’ हुँदै

 

दमक| २९ असोज | पछिल्लो समयमा विज्ञान विषय पढ्ने विद्यार्थीहरूको संख्या घट्दै गएको भन्दै त्यसतर्फ आकर्षण बढाउने उद्देश्यले झापाको दमकमा एकदिने ‘विज्ञान उत्सव २०२५’ आयोजना हुने भएको छ। कार्यक्रम यही असोज ३१ गते शुक्रबार बिहान ८ बजेदेखि झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयमा हुने तय गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

कार्यक्रमको आयोजना ‘इङगेज नेपाल विथ साइन्सले गर्दैछ, जसले नेपालका विद्यालयहरूमा विज्ञानलाई प्रयोगात्मक रूपमा सिकाउने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यो संस्था ब्रिटेनमा स्थापित  परियोजनाको सहयोगी समूह हो, जसको सह–संस्थापक डा. अल्बा अबड रहनु भएको छ ।

डा. अबडका अनुसार नेपालका विद्यालयहरूमा विज्ञान पढाइ अझै पनि पुस्तक र सिद्धान्तमै सीमित हुने गरेको छ। “विद्यार्थीले विज्ञान प्रयोग गरेर हेर्ने, परिणाम बुझ्ने र त्यसबाट सिक्ने वातावरण सिर्जना गर्न सके मात्रै भविष्यमा अनुसन्धान र आविष्कारमा रुचि बढ्छ,” उहाँले दमकमा आयोजित पत्रकार सम्मेलनमा बताउनु भयो ।

 

उत्सवमा सहकार्यकर्ता संस्था रिसर्च इन्स्टिच्यूट फर बायोसाइन्स एण्ड बायोटेक्नोलोजी  रहेको छ। सन् २०११ मा स्थापना भएको च्क्ष्द्यद्य नेपालकै प्रतिष्ठित अनुसन्धान संस्था हो, जसले सूक्ष्मजीव, जैवप्रविधि, वातावरण र औषधि अनुसन्धानमा काम गर्दै आएको छ।

 

संस्थाका सस्थापक प्रज्वलराज भण्डारीका अनुसार विद्यालय र समुदायलाई जोड्दै विज्ञानको वास्तविक महत्व बुझाउन यो कार्यक्रम गरिएको हो । यसले विद्यार्थीहरूमा अनुसन्धान र आविष्कारप्रतिको विश्वास बढाउने विस्वास रहेको भण्डारीको भनाई छ ।

 

झापा मोडल अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठ का अनुसार यो उत्सवमा पाँच विद्यालयका करिब ५६० विद्यार्थी सहभागी हुनेछन् । जसमा हरिकुल मोडल मावि, अक्सफोर्ड अंग्रेजी विद्यालय, झापा मोडल, स्मारिका सामुदायिक बोर्डिङ स्कुल , र सूरज शिक्षा प्रतिष्ठान रहेका छन् । यहाँ सहभागी हुने विद्यार्थीहरूले अन्तर्क्रियात्मक कार्यशाला, समूहगत प्रयोग, र विज्ञान प्रदर्शनमा सहभागी हुनेछन्। यसले उनीहरूलाई जीव विज्ञान, रसायनशास्त्र, भौतिक विज्ञान र वातावरण विज्ञानको प्रत्यक्ष अनुभव दिने अपेक्षा गरिएको श्रेष्ठले बताउनु भयो ।

 

उत्सवमा बिहान ८ देखि १० बजेसम्म समाजका सरोकारवालासहित ‘राउण्ड टेबल संवाद’ हुनेछ। बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्यार्थीहरूले आफ्नै हातले तयार पारेका वैज्ञानिक प्रोजेक्ट र ‘चमत्कारिक आविष्कार’ प्रदर्शन गर्नेछन्। त्यसपछि दिउँसो १ देखि ३ बजेसम्म देशका विभिन्न वैज्ञानिक तथा विज्ञहरूले आफ्नो अनुसन्धान र समाजमा पुर्‍याइरहेको योगदानबारे चर्चा गर्ने कार्यक्रम तय गरिएको छ।

 

नेपालमा पछिल्ला वर्षहरूमा विज्ञान विषय रोज्ने विद्यार्थीको प्रतिशत स्थिर रहे पनि, विषयप्रतिको व्यवहारिक रुचि घट्दै गएको देखिन्छ। यस्तै अवस्थालाई बदल्ने उद्देश्यले आयोजना गरिएको यो उत्सवले विद्यार्थीमा ‘विज्ञानलाई जीवनसँग जोड्ने सोच’ विकास गर्ने अपेक्षा गरिएको झापा मोडलका सस्थापक जय श्रेष्ठले पत्रकार सम्मेलनका क्रममा बताउनु भयो । उहाँले भन्नुभयो “हामी चाहन्छौं, विद्यार्थीले विज्ञानलाई पाठ्यपुस्तकमा होइन, आफ्नै अनुभवमा महसुस गरोस्,” यो प्रयासले उनीहरूको भविष्यको दिशानिर्देश गर्न बन्न सकोस । ’’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

काम र नतिजाकै आधारमा प्रहरीको मूल्याङ्कन हुनेछ : गृहमन्त्री

काठमाडौं, ३० असोज। गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने तयारी भइरहेको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल