दमक तरकारी बजारका तरकारीमा बिषादीको मात्रा न्यून, उपभोग गर्न मिल्ने

दमक , असोज २९ । दमक नगरपालकिाले तरकारी उपभोक्तालाई सुरक्षीत, वीषादीमुक्त तथा स्वास्थ्यकर तरकारी उपलब्ध गराउने उद्देश्यले तरकारी बजारमा ल्याइएका तरकारीहरूको वीषादी अवशेष परीक्षण गरेको छ। नगरपालकिाले बुधबार बिहान दमक तरकारी बजारबाट संकलन गरिएका वभिन्नि तरकारीको नमुनालाई प्रदेशस्तरीय प्रयोगशालामा परीक्षण गराएको थियो। परीक्षणको नतिजा अनुसार सबै तरकारीका नमुना स्वीकृत मापदण्डभीत्र सुरक्षति रहेको पाइएको छ। नगरपालिकामा पत्रकार सम्मेलन गरि नगरपालिकाले बजारमा आएका तरकारी उपभोग्य रहेको जनाएको छ ।

 

नगरको नयाँ तरकारी बजारमा तरकारीमा ईलाम पााँचथर, झापा, सुनसरी लगायतबाट आएका तरकारी संकलन गरि परिक्षण गरिएको हो । बजारमा आएका बिभिन्न ७ थरिका तरकारी— गोलभेंडा, रायोे साग, काउली, बन्दा,चुच्चेकरेला, काक्रो, करेलाको वषिादी परीक्षण गरएिको हो। तरकारी संकलनपछी विषादी परीक्षणका लागी नमुनाहरू वीषादी अवशेष वश्लिेषण प्रयोगशाला, एकाई बिर्तामोड, पठाइएको थियो । प्रयोगशालाबाट प्राप्त परीक्षण नतिजामा सबै तरकारी नमुनामा विषादीको मात्रा न्यून मात्रामा रहेको र समग्रमा उपभोग्य रहेको नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले उपभोक्ताको स्वस्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको तरकारीको परिक्षणमा नगरपालिकाले मासिक रुपमा नियमित परिक्षण गरिदै आएको जानकारी दिनुभयो । बिभिन्न स्थानबाट आएका तरकारीहरु उपभोग्य रहेका नरहेको भननि परिक्षण गर्दा अहिले बजारमा उपभाग्य तरकारी हरु नै आयत हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 

दमक नगरपालिका कृषि तथा पशुपंक्षी बिकास शाखाकी प्रमुख चनद्रकला भट्टराईले दमकका तरकारी बजारमा नेपालका बिभिन्न संकलन हुदेै आउने तरकरी गरिने जानकारी दिनुभयो । उहाँले बुधबार गरिएको परिक्षणमा बिषादीको मात्रा मापदण्डभन्दा न्यून मात्रामा रहेकोले उपभोग गर्न मिल्ने रहेको जानकारी दिनुभयो ।

 

दमक नगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै तरकारी बजारमा कडाइका साथ निगरानी, परीक्षण र अनुगमनलाई प्राथमिकता दएिको छ। विषादी अवशेष परीक्षणले बजारमा पाइने तरकारी सुरक्षति रहेको पुष्टी गरेको छ। नगरपालिकाको यस प्रकारको पहलले उपभोक्तालाई गुणस्तरीय तरकारी उपभोगमा सहयेग पुग्ने बिश्वास नगरपालिकाले लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप