सुझावमा सगरमाथा

प्रदेश १ नामाकरण : ‘सगरमाथा भन्दा ठुलो पहिचान केहि हुँदैन ’उप कुलपति गुरुङ

दमक/
नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्रा.डा जगमान गुरुङले प्रदेश १ को नाम सगरमाथा राख्न सुझाव दिनु भएको छ ।
दमक प्रज्ञा प्रतिष्ठानले शनिबार आयोजना गर्ने कार्यक्रम सहभागी बन्न दमक आइपुग्नु भएका गुरुङले प्रदेश १ लाई सगरमाथा बाहेक अन्य नाममा ठुलो पहिचान नहुने र अन्य नखोज्न पनि अनुरोध गर्नुभयोे ।

पत्रकार मञ्च दमकमा पत्रकारहरुसँग कुरागर्दै गुरुङले सगरमाथा नामले प्रदेश १ लाई विस्वसामुनै पहिचान दिलाउन मद्यत पुग्ने भन्दै उहाँले सगरमाथा नाम राख्नु उत्तम रहेको बताउनु भयो । ‘कोशी नामले एउटा सभ्यता चिनाउछ तर सगरमाथाले हिमाल, पहाड र तराई तीन क्षेत्रलाईकै अपनत्व गराउछ त्यसैले प्रदेश १ को नाम सगरमाथा नै उचीत हुन्छ ।’उहाँले प्रष्ट पार्दै भन्नु भयो ‘सगरमाथा नाम किरातीहरुको चोम चोमलुङ , तिव्वत्तीहरुको झ्यामुल्होम्हा हो । यी दुवै नामसँगै तत्कालीन प्राज्ञ बाबुराम आचार्यले झ्यामुल्होम्हा सगरमाथा नाम राख्नु भयो । तर बोल्दै जाँदा आम जनमानसमा सगरमाथा सहज भयो । पछि यसको नाम सगरमाथा नै रहन गयो । आम नागरिकलाई चोम चोमलुङ र झ्यामुल्होम्हा उच्चरण गर्न अप्ठ्यारो भयो । त्यसैले सगरमाथा सजीलो भएपछि यी नाम स्थापीत भयो । उहाँले सगरमाथाको इतिहास बताउँदै भन्नु भयो ।

प्रदेश १ मा किरातीहरुको बाहुल्यता छ वा किरातीहरुको प्राचिन सस्कृती छ भने सगरमाथा किराती शब्द नै हो त्यसमा गर्व गर्न किन नसक्ने भन्दै प्रतिप्रश्न गर्नु भयो । कुनै भाषा वा जातीको शब्द आम नागरिकले सहजै बोलेभने त्यो तत् तत् समुदायले गर्व महसुस गर्नु पर्ने हैन र ? उहाँले आफ्नो तर्क राख्नु भयो । त्यसैले प्रदेश १ को नाम पहिचान सहित राख्ने हो भने सगरमाथा भन्दा अर्को कुनै विकल्प छदै छैन । उहाँले भन्नु भयो । नामको अगाडी वा पछाडी कुनै जातको फुर्को थप्ने काम उचीत नहुने र त्यसले समाजमा बिग्रह ल्याउने तर्फपनि उहाँले सचेत रहनु उहाँको अनुरोध छ ।

नेपालका सातै प्रदेशले आ आफ्नो नाम राखीसकेपनि प्रदेश १ ले भने अहिले सम्म नाम राख्न सकेको छैन । प्रदेश सरकारले आगामी संसद बैठकमा यसलाई प्रस्तावको रुपमा टेवल गर्ने जनाइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।