सुझावमा सगरमाथा

प्रदेश १ नामाकरण : ‘सगरमाथा भन्दा ठुलो पहिचान केहि हुँदैन ’उप कुलपति गुरुङ

दमक/
नेपाल प्रज्ञा प्रतिष्ठानका उप कुलपति प्रा.डा जगमान गुरुङले प्रदेश १ को नाम सगरमाथा राख्न सुझाव दिनु भएको छ ।
दमक प्रज्ञा प्रतिष्ठानले शनिबार आयोजना गर्ने कार्यक्रम सहभागी बन्न दमक आइपुग्नु भएका गुरुङले प्रदेश १ लाई सगरमाथा बाहेक अन्य नाममा ठुलो पहिचान नहुने र अन्य नखोज्न पनि अनुरोध गर्नुभयोे ।

पत्रकार मञ्च दमकमा पत्रकारहरुसँग कुरागर्दै गुरुङले सगरमाथा नामले प्रदेश १ लाई विस्वसामुनै पहिचान दिलाउन मद्यत पुग्ने भन्दै उहाँले सगरमाथा नाम राख्नु उत्तम रहेको बताउनु भयो । ‘कोशी नामले एउटा सभ्यता चिनाउछ तर सगरमाथाले हिमाल, पहाड र तराई तीन क्षेत्रलाईकै अपनत्व गराउछ त्यसैले प्रदेश १ को नाम सगरमाथा नै उचीत हुन्छ ।’उहाँले प्रष्ट पार्दै भन्नु भयो ‘सगरमाथा नाम किरातीहरुको चोम चोमलुङ , तिव्वत्तीहरुको झ्यामुल्होम्हा हो । यी दुवै नामसँगै तत्कालीन प्राज्ञ बाबुराम आचार्यले झ्यामुल्होम्हा सगरमाथा नाम राख्नु भयो । तर बोल्दै जाँदा आम जनमानसमा सगरमाथा सहज भयो । पछि यसको नाम सगरमाथा नै रहन गयो । आम नागरिकलाई चोम चोमलुङ र झ्यामुल्होम्हा उच्चरण गर्न अप्ठ्यारो भयो । त्यसैले सगरमाथा सजीलो भएपछि यी नाम स्थापीत भयो । उहाँले सगरमाथाको इतिहास बताउँदै भन्नु भयो ।

प्रदेश १ मा किरातीहरुको बाहुल्यता छ वा किरातीहरुको प्राचिन सस्कृती छ भने सगरमाथा किराती शब्द नै हो त्यसमा गर्व गर्न किन नसक्ने भन्दै प्रतिप्रश्न गर्नु भयो । कुनै भाषा वा जातीको शब्द आम नागरिकले सहजै बोलेभने त्यो तत् तत् समुदायले गर्व महसुस गर्नु पर्ने हैन र ? उहाँले आफ्नो तर्क राख्नु भयो । त्यसैले प्रदेश १ को नाम पहिचान सहित राख्ने हो भने सगरमाथा भन्दा अर्को कुनै विकल्प छदै छैन । उहाँले भन्नु भयो । नामको अगाडी वा पछाडी कुनै जातको फुर्को थप्ने काम उचीत नहुने र त्यसले समाजमा बिग्रह ल्याउने तर्फपनि उहाँले सचेत रहनु उहाँको अनुरोध छ ।

नेपालका सातै प्रदेशले आ आफ्नो नाम राखीसकेपनि प्रदेश १ ले भने अहिले सम्म नाम राख्न सकेको छैन । प्रदेश सरकारले आगामी संसद बैठकमा यसलाई प्रस्तावको रुपमा टेवल गर्ने जनाइसकेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण