चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक प्रयोग नगर्न विज्ञहरूको सुझाव

विराटनगर,८ कार्तिक । चिकित्सकको सल्लाहबिना अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोग बढ्दा जनस्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। आफूखुसी र अपूरो डोजमा एन्टिबायोटिक सेवन गर्नाले ’एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर)’ नामक मौन महामारीले देशभर जरो गाड्दै गएको विज्ञहरु बताँउ छन् ।

 

विराटनगरकी सरिता कार्कीले छोरालाई सामान्य खोकी र ज्वरो आउँदा फार्मेसीबाट किनेर दिएको एन्टिबायोटिकले पहिलोपटक निको पारे पनि दोस्रोपटक काम नगरेपछि उनी झसङ्ग भएकी थिन् । मोरङका ५५ वर्षीय रामबहादुर राईले पनि दाँत दुख्दा जथाभाबी एन्टिबायोटिक किन्ने बानीले गर्दा पछिल्लो समय औषधिले काम गर्न छाडेको बताएका छन्। यी उदाहरणहरूले मानिसहरू ’छिटो निको हुने’ सोचले आफैँ चिकित्सक बन्ने प्रवृत्ति बढेको देखाएको छ।

 

कोशी अस्पतालका बालरोग विभाग प्रमुख डा. रामनारायण चौधरी पछिल्ला वर्षमा सामान्य सङ्क्रमणका लागि प्रयोग हुने औषधिले काम गर्न छोडेका बिरामी बढेको बताउनु हुन्छ ।

नोबेल मेडिकल कलेजका प्रिन्सिपल तथा वरिष्ठ फोक्सो रोग विशेषज्ञ प्रा डा. रामहरि घिमिरेले एन्टिबायोटिकको जथाभाबी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताउनु भयो । उहाँका अनुसार, चिकित्सकले सिफारिस गरेको पूरा डोज नखाने, औषधि पसलेले सही मात्रा मिलाउन नसक्ने र कतिपय चिकित्सकले कीटाणु जाँच नगरी औषधि दिने गर्दा एएमआरको समस्या बढेको हो।

विराटनगरका औषधि व्यवसायीहरू पनि यो प्रवृत्तिबारे चिन्तित छन्। नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले उपभोक्ता स्वयं सचेत नभएसम्म यो समस्या समाधान गर्न नसकिने बताउनु भयो।

विज्ञहरूले एन्टिबायोटिकको गलत प्रयोग रोक्न जनचेतना नै सबैभन्दा शक्तिशाली उपाय भएको बताउनु भएको छ। चिकित्सक, औषधि व्यवसायी, उपभोक्ता र नियामक निकाय सबैले इमान्दारीपूर्वक आफ्नो भूमिका निभाए मात्र यो समस्या समाधान गर्न सकिनेमा उनीहरूको जोड रहेको छ। विराटनगर महानगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा सचेतना फैलाउन आवश्यक कार्यक्रम ल्याउनेबारे सोचिरहेको बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ