केर्खामा ५३ फिट अग्लो किरात माङहिम तयार, फाल्गुनन्द जयन्तीमा विश्व शान्ति र सहिष्णुताको सन्देशसहित उद्घाटन हुँदै

दमक, कार्तिक ९ ।झापाको कमल गाउँपालिका–३, केर्खामा निर्माण गरिएको किरात तियेङलुङ चोलुङ माङहिमको उद्धघाटनको तयारी गरेको छ । आगामी कात्तिक २५ गते, सोह्रौं राष्ट्रिय विभूति महागुरु फल्गुनन्दको १४१औं जन्म जयन्तीका अवसरमा विशेष समारोहसहित माङहिमको उद्घाटन र महागुरुको पूर्णकद शालिक अनावरण गरिने भएको हो।

 

आइतबार केर्खास्थित माङहिम परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमका तयारी तथा सम्पूर्ण विवरण सार्वजनिक गरिएको छ। आयोजकका अनुसार, उद्घाटन समारोहमा किरात धर्मगुरु आत्मानन्द लिङ्गदेन र श्रीमती पवित्रा हाङ्मा साँवा लिङ्गलेनको संयुक्त वाहुलीबाट माङहिम उद्घाटन र शालिक अनावरण गरिनेछ। कार्यक्रमका प्रमुख अतिथि किरात धर्म साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिम रहन आयोजकले जानकारी दिएको छ ।

करीब ८९ लाख रुपैयाँको लागतमा निर्मित यो माङहिम नेपालकै सबैभन्दा अग्लो, ५३ फिट उचाइ र ९ तला भएको धार्मिक संरचना हो। त्यस्तै, २२ लाख रुपैयाँमा निर्मित यज्ञकुण्ड र ४१ लाख रुपैयाँमा निर्माण गरिएको पूर्णकदको महागुरु फाल्गुनन्दको शालिक पनि यसै माङहिम परिसरमा स्थापना गरिएको छ। माङहिम निर्माणका लागि स्थानीय समाजसेवी दलबहादुर मेन्याङ्गवोले तत्कालीन ९० लाख मूल्य बराबरको तीन कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएका थिए। सोहि जग्गामा जिल्लाभरिका किरात धर्मावलम्बीहरुको सहयोग र कमल गाउँपालिका समेतको सहयोगमा माङहिङ तथा सो परिसरमा समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक बनाउन सो समिति सफल बनेको माङहिम समिति अध्यक्ष सूर्यप्रसाद लिम्बू येक्पाङदेनले जानकारी दिनुभयो ।

यस्तै समितीका सचिब नर बहादुर लिङदेनले कार्यक्रमको मुख्य उद्देश्य विश्व शान्ति, मानव एकता र धार्मिक सहिष्णुता प्रवद्र्धन रहेको बताउनुभयो ।

किरात धर्म तथा साहित्य उत्थान संघका झापा जिल्ला अध्यक्ष लक्ष्मी प्रसाद योङहाङले फाल्गुनन्दले देखाएको बाटो अहिंसा, धर्म र सत्यको भएको बताउँदै यसमा मार्गको अनुसरण गर्ने किरातहरु सुधारिएर गएको प्रष्ट पार्नुभयो ।

समितिले किरात धर्ममा विश्व शान्ति, मानव एकता र धार्मिक सहिष्णुतालाई मूल मन्त्र मानिएको भन्दै कार्यक्रममा सबै धर्मावलम्वीहरुलाई सहभागिता र उपस्थितिका लागि अनुरोध गरेको छ । मद्यपान, हिंसा र काटमार तथा खराब आचरणहरुलाई त्यागेर किरात समुदायलाई सही र सत्मार्गमा हिंडाउन प्रेरित गर्ने महागुरु फाल्गुनन्द सबै नेपालीहरुका साझा आदर्श पात्र रहेको भन्दै कमलमा उहाको पूर्ण कदको सालिक बनाइ सम्झना गर्नु गर्वको कुरा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा माङहिम समितिका कोषाध्यक्ष लाख बहादुर मावो, सदस्यहरु धन बहादुर मावो, विष्णुमाया वेघा लिम्बू, अमर हाङ मावो लगायतको आतिथ्यता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका