माइधारमा बस पल्टिँदा बसमा सवार २५ जनामध्ये १९ जना घाइते

झापा, ११ कात्तिक । झापाको शिवसताक्षी– १० माइधारमा बस पल्टिँदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

मङगलबार बिहान ४ बजे माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रामेछापको मन्थलीबाट काँकरभिट्टातर्फ आउँदै गरेको प्र.१–०१–००१ क ४२०९ नं.को रात्री बस अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल बायाँतर्फ पल्टिएको थियो। बसमा सवार २५ जनामध्ये १९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने सकुशल रहेका बाँकी ६ जना आ–आफ्नो गन्तब्यतर्फ गएको प्रहरीले बताएको छ ।

 

घाइते हुनेहरुमा बस चालक झापा मेचीनगर न.पा.६ बस्ने बर्ष–३९ का राजु भुजेल टाउकोमा चोट अवस्था मध्यम, रामेछाप मन्थली न.पा. १० बस्ने बर्ष– ६५ का अम्बरबहादुर बुढाथोकी घाँटी र ढाडमा चोट अवस्था मध्यम ,झापा गा.पा.३ बस्ने बर्ष १७ की इक्षा लिम्बू निधार हात र खट्टामा चोट अवस्था मध्यम , रामेछाप मन्थली न.पा.९ बस्ने बर्ष ३५ का भिमप्रसाद पुरी बायाँ करङमा चोट अवस्था मध्यम ,झापा कचनकवल गा.पा.४ बस्ने बर्ष २० का रबिलाल गणेश टाउकोमा चोट अवस्था मध्यम ,रामेछाप ठाडादेवी गा.पा. ३ बस्ने बर्ष ६५ की मिटु खत्री ढाडमा चोट अवस्था मध्यम ,झापा कचनकवल गा.पा. ४ बस्ने बर्ष २१की परिना गणेश टाउको र ढाडमा चोट अवस्था मध्यम ,झापा बिर्तामोड न.पा.१० बस्ने बर्ष ३६ की सुमित्रा खड्का कार्की हात र खुट्टामा चोट सामान्य ,उनका छोरा बर्ष ९ का एलोन कार्की टाउको र छातीमा चोट अवस्था मध्यम ,दोलखा बैनेश्वर न.पा.३ बस्ने बर्ष ३० का प्रदिपबहादुर बस्नेत टाउकोमा चोट अवस्था मध्यम ,रामेछाप देउराली बस्ने रामु श्रेष्ठका छोरा बर्ष– ८ अनु श्रेष्ठ टाउकोमा चोट अबस्था सामान्य, दोलखा तामाकोशी गापा – ३ बस्ने बर्ष– २८ का कुमार बस्याल छातीमा चोट अबस्था सामान्य ,झापा कचनकवल गापा –६ बस्ने बर्ष– २७ की भिमा राजवंशी छाती र कुममा चोट अवस्था मध्यम ,झापा बिर्तामोड नपा ५ बस्ने बर्ष ३५ का रामकुमार श्रेष्ठ छाती र तिघ्रामा चोट अबस्था सामान्य, उनका छोरा बर्ष– ९ का रिदम श्रेष्ठ हात र खुट्टामा चोट अबस्था सामान्य ,झापा बिर्तामोड नपा –५ बस्ने बर्ष– २३ का पूर्णबहादुर नेपाली टाउको र कुममा चोट अबस्था सामान्य ,ऐ.ऐ. बस्ने बर्ष– १८ शितल नेपाली बायाँ आँखाको डिलमा चोट अबस्था सामान्य , झापा बाह्रदशी गापा –५ बस्ने बर्ष– २१ का अभिशेक राजवंशी नाकमा चोट अबस्था सामान्य ,झापा गापा २ बस्ने बर्ष– १८ का श्यामलाल किस्कु टाउकोमा चोट सामान्य रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही