माइधारमा बस पल्टिँदा बसमा सवार २५ जनामध्ये १९ जना घाइते

झापा, ११ कात्तिक । झापाको शिवसताक्षी– १० माइधारमा बस पल्टिँदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

मङगलबार बिहान ४ बजे माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रामेछापको मन्थलीबाट काँकरभिट्टातर्फ आउँदै गरेको प्र.१–०१–००१ क ४२०९ नं.को रात्री बस अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल बायाँतर्फ पल्टिएको थियो। बसमा सवार २५ जनामध्ये १९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने सकुशल रहेका बाँकी ६ जना आ–आफ्नो गन्तब्यतर्फ गएको प्रहरीले बताएको छ ।

 

घाइते हुनेहरुमा बस चालक झापा मेचीनगर न.पा.६ बस्ने बर्ष–३९ का राजु भुजेल टाउकोमा चोट अवस्था मध्यम, रामेछाप मन्थली न.पा. १० बस्ने बर्ष– ६५ का अम्बरबहादुर बुढाथोकी घाँटी र ढाडमा चोट अवस्था मध्यम ,झापा गा.पा.३ बस्ने बर्ष १७ की इक्षा लिम्बू निधार हात र खट्टामा चोट अवस्था मध्यम , रामेछाप मन्थली न.पा.९ बस्ने बर्ष ३५ का भिमप्रसाद पुरी बायाँ करङमा चोट अवस्था मध्यम ,झापा कचनकवल गा.पा.४ बस्ने बर्ष २० का रबिलाल गणेश टाउकोमा चोट अवस्था मध्यम ,रामेछाप ठाडादेवी गा.पा. ३ बस्ने बर्ष ६५ की मिटु खत्री ढाडमा चोट अवस्था मध्यम ,झापा कचनकवल गा.पा. ४ बस्ने बर्ष २१की परिना गणेश टाउको र ढाडमा चोट अवस्था मध्यम ,झापा बिर्तामोड न.पा.१० बस्ने बर्ष ३६ की सुमित्रा खड्का कार्की हात र खुट्टामा चोट सामान्य ,उनका छोरा बर्ष ९ का एलोन कार्की टाउको र छातीमा चोट अवस्था मध्यम ,दोलखा बैनेश्वर न.पा.३ बस्ने बर्ष ३० का प्रदिपबहादुर बस्नेत टाउकोमा चोट अवस्था मध्यम ,रामेछाप देउराली बस्ने रामु श्रेष्ठका छोरा बर्ष– ८ अनु श्रेष्ठ टाउकोमा चोट अबस्था सामान्य, दोलखा तामाकोशी गापा – ३ बस्ने बर्ष– २८ का कुमार बस्याल छातीमा चोट अबस्था सामान्य ,झापा कचनकवल गापा –६ बस्ने बर्ष– २७ की भिमा राजवंशी छाती र कुममा चोट अवस्था मध्यम ,झापा बिर्तामोड नपा ५ बस्ने बर्ष ३५ का रामकुमार श्रेष्ठ छाती र तिघ्रामा चोट अबस्था सामान्य, उनका छोरा बर्ष– ९ का रिदम श्रेष्ठ हात र खुट्टामा चोट अबस्था सामान्य ,झापा बिर्तामोड नपा –५ बस्ने बर्ष– २३ का पूर्णबहादुर नेपाली टाउको र कुममा चोट अबस्था सामान्य ,ऐ.ऐ. बस्ने बर्ष– १८ शितल नेपाली बायाँ आँखाको डिलमा चोट अबस्था सामान्य , झापा बाह्रदशी गापा –५ बस्ने बर्ष– २१ का अभिशेक राजवंशी नाकमा चोट अबस्था सामान्य ,झापा गापा २ बस्ने बर्ष– १८ का श्यामलाल किस्कु टाउकोमा चोट सामान्य रहेको प्रहरीले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विश्वलाई चकित पार्ने साहसी नेपाली आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को निधन

काठमाडौँ,१६ साउन । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएको छ। उहाँ संस्थापक रहेको आरोहण कम्पनी

जन्मदिनको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण, ८२ जनाले लिए सेवा

दमक,१६ साउन । जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै झापाको दमकमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। दमक–६ नगरपालिका रोडस्थित भट्टराई ओखती घर तथा क्लिनिककी सञ्चालिका

सम्भु राईको झापामा दुई दिन सांगीतिक प्रस्तुति रहने

दमक,१६ साउन । दृष्टिविहीन समुदायको आत्मनिर्भर भविष्य निर्माण र उनीहरूको शिक्षामा टेवा पु¥याउने उद्देश्यले आदिवासी जनजाति नेत्रहीन संघ झापाले राष्ट्रिय गायक शम्भु राईको विशेष प्रस्तुतिसहित

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज पार्न टेकुबाटै बिक्री सुरु

काठमाडौं,१६ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि नेपाल आयल निगमले बजारमा एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न विशेष व्यवस्था लागू गरेको छ

भारतमा व्यावसायिक ग्यासको मूल्य घट्यो, नेपालमा भने असर नपर्ने

काठमाडौं,१६ साउन । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक