तिम्सिनाको १४ औं पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’

पूर्व पत्रकार समेत रहनु भएका तिम्सिना खोजमूलक पुस्तक लेखेवापत धेरैवटा संघ संस्थाबाट सम्मानित बनिसक्नु भएको छ ।

पथरी शनिश्चरे, ११ कार्तिक / बैङ्क केवल मुद्रा राख्ने थलो मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्कको इतिहास समेटिएको पुस्तक प्रकाशन भएको छ ।

 

मोरङ पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले ‘नेपालको बैङ्किङ इतिहास’ पुस्तक लेख्नु भएको हो । यो उहाँको १४ औं पुस्तक हो । यस पुस्तककमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालिनदेखि वर्तमानसम्मको बैङ्किङ इतिहास समेटिएको छ । यो पुस्तकमा नेपालका क र ख श्रेणीका बैङ्कहरुको चिनारी, पहिलो गभर्नर हिमालय शमशेरदेखि अहिलेका विश्वनाथ पौडेलसम्मकै १८ जना गभर्नरको फोटो सहितको जीवनी, द्वन्द्वकालमा बैङ्कमा भएको आक्रमण, नेपाली बैङ्क एकीकरणको इतिहास, राणाकालमा वेलायतबाट फर्केका नेपालमा बैङ्क खोल्ने अगुवा सरदार गुञ्जमान सिंह, बैङ्किङ क्षेत्रका अगुवा बीके श्रेष्ठ, विदेशी बैङ्क भित्र्याउने डा. प्रकाशचन्द्र लोहनी सहितको इतिहास मिहिन गरि खोजेर पुस्तकमा राखिएको छ ।

 

नेपाली बैङ्कले पाएको राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, विपतमा बैङ्कको सहयोग, बैङ्क तथा वित्तीय संस्था सम्बन्धि ऐन, कानुनहरू, खारेज भएका बैङ्कहरु, चिनियाँ ह्याकरले मच्चाएको लुटपाट, लिच्छविकालदेखिका मुद्रा खोज गरी लेखिएको छ । तत्कालीन कुन कुन बैङ्क कहिले स्थापना भए, समस्याग्रस्त बैङ्कहरू, भोजपुरको टक्सारको इतिहास, पूर्वमा खुलेका बैङ्कहरु, बैङ्किङ क्षेत्रमा महिला सहभागिता, डेपुटी तथा कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिना, बैङ्किङ अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु लगायतका विभिन्न ५१ बटा विषयमा समेटेर लेखिएको २७२ पेजको पुस्तकमा नेपालमा जेनजी आन्दोलनको समयमा नेपाली बैङ्कमा भएको क्षतिको विषयमा पनि खोजेर लेखिएको छ । झापा दमकको स्रष्टा छापाखानामा प्रकाशित पुस्तकको प्रकाशक लीला निरौला रहनु भएको छ ।

लेखक तिम्सिना विगत एक दशकदेखि निरन्तर खोजमुलक पुस्तक लेखन गर्दै आउनु भएको छ । नेपाली बैङ्किङ इतिहास बुझ्न यो पुस्तक राम्रो सहयोगी बन्ने नेपाल बैङ्कर्स संघका अध्यक्ष दिनेश कोइरालाले समेत शुभकामना दिदै वताउनु भएको छ ।

 

तिम्सिनाका प्रकाशित कृतिहरु टेलिफोन डायरी (२०६८) मोरङको सामुदायिक वन एक चिनारी (२०६९) मोरङको क्षेत्र नं २ एक चिनारी (२०७०) पथरी शनिश्चरे नगरपालिका एक चिनारी (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण (२०७७) जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दोस्रो संस्करण (२०७८) धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म (२०७८) इतिहासमा पथरी शनिश्चरे (२०७८) मोरङका जनप्रतिनिधि संङगालो (२०७९) “माइखोलादेखि पुनर्वाससम्म“ (२०८०) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म (२०८०) गुमनाम एक इतिहास बिसे नगर्ची पहिलो संस्करण (२०८१) गुमनाम एक इतिहास बिसे नगर्ची दोस्रो संस्करण (२०८१) रहेका छन् ।

पृथ्वीनारायण शाहको सल्लाहकार विसे नगर्चीको इतिहास गोरखा सम्मनै पुगेर गहन खोज गरी लेखिएको थियोे भने नेपाली भाषी भुटानी शरणार्थीको कथा व्यथा समेटिएको कृति माईखोलादेखि पुनर्वाससम्म, तराईका आदिवासी ’’धिमाल जातिको इतिहास र ’’इतिहासमा पथरी शनिश्चरे’, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म तिम्सिनाका चर्चित पुस्तकहरु हुन् ।

पूर्व पत्रकार समेत रहनु भएका तिम्सिना खोजमूलक पुस्तक लेखेवापत धेरैवटा संघ संस्थाबाट सम्मानित बनिसक्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका