महिलालाई तालिम

महिलाहरुको पाचदिने वाक कला तालिम सम्पन्न

दमक
मेची महाकाली संयुक बुहारी आवाज दमक नगर कमिटीले आयोजना गरेको पाचदिने वाककला तालिमको समापन भएको छ । फागुन १० गते देखि सुरु भएको तालिमको शनिबार समापन गरिएको हो । तालिममा महिलाहरुलाई भिडमा कसरी बोल्ने, मन्चमा भाषण गर्दा वा कार्यक्रम संचालन गर्दा केके कुरामा ध्यान दिने लगायतका बारेमा सिकाईएको थियो ।

प्रशिक्षक मन्जरी घिमिरेले यसबारेमा पाच दिनसम्म सैद्धान्तिक र प्रयोगात्मक शैलीमा प्रशिक्षण गराउनु भएको थियो । तालिममा मेची महाकाली संयुक बुहारी आवाजमा आवद्ध ३० जना महिलाहरुको सहभागीता रहेको थियो । महिलाहरुलाई बोल्ने शैलिको बिकास गराउन यसप्रकारको तालिमको आयोजना गरिएको संयोजक जमुना निरौला अधिकारीले जानकारी दिनु भयो ।

।कार्यक्रमको प्रमुख अतिथि दमक नगरपालिकाकि उप प्रमुख गीता अधिकारी रहनु भएको थियो भने कार्यक्रम नगर कमिटीकि सचिव रिना राई चेम्जोङले संचालन गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका सडक सौन्दर्र्यीकरणले नगरको पहिचान फेरिदै, स्थानीय के भन्छन् ?

दमक, कार्तिक २८ । अहिलेको शहरीकरणको समयमा, धेरै स्थानमा हरियालीको अभाव देखिन्छ। तर, दमक नगरपालिकाले यसको विपरीत, सडक किनारमा हरियाली राख्ने पहल गरेको छ। यसले

मधेश प्रदेशमा कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति अझै पनि बलियो

काठमाण्डौं,२८ कार्तिक । कानुनी प्रतिबन्ध र निरन्तरका जनचेतनामूलक अभियानका बाबजुद मधेश प्रदेशमा बालविवाहको अवस्था अझै विकराल रहेको एक सरकारी तथ्याङ्कले देखाएको छ।राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक

९८ किलो गाजासहित २ पक्राउ

सुनसरी, कार्तिक २८ । सुनसरीको इटहरी उपमहानगरपालिका–३ डाँडागाउँ टोलबाट प्रहरीले ९८ किलो गाँजा बरामद गरेको छ । सीटी सफारीमा लोड गरिएको अवस्थामा गाँजा बरामद भएको

संसद पुनर्स्थापनाकाे विकल्प छैन : सभामुख देवराज घिमिरे

बिर्तामोड,२८ कार्तिक । सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुर्नस्थापना हुनुपर्ने बताउनु भएको छ् । उहाँले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुर्नस्थापना हुनैपर्ने बताउनु भयो