उर्लाबारीको आकार फाउण्डेसनको सेवा बिस्ता, यसले के गरिरहेको छ

उर्लाबारी, १३ कार्तिक । मोरङ्गको उर्लाबारीमा स्थापित आकार फाउण्डेसनको सेवाको प्रभावकारिता मुलुक भर विस्तार हुदै गएको छ । विशेष अवस्थाका बालबालिकाहरुलाई केहि क्षेत्रबाट सुरु भएको फाउण्डेसनको शिक्षा तथा सेवाको प्रभावकारिता मुलुकका दुर दराज सम्म विस्तार हुदै गएको हो । सेवाको विस्तार संगै स्थानिय क्षेत्रमा समेत चहल–पहल र आय आर्जनमा टेवा पुगेको छ ।

विगत ६ बर्ष अघि स्थापना भएको यस फाउण्डेसनले विशेष अवस्था भएका बालबालिकाको समस्यामा सुधार ल्याउन सफल भएको छ । देशका कुना कन्दराबाट समेत सेवा र परामर्षकालागी आउने गरेको फाउण्डेशनका मनोपरामर्षदाता तथा निर्देशक प्रीसिमा थापाले बताउनु भयो । फाउण्डेसनको सेवा अहिले पूर्वमा मेची देखि पश्चिममा महाकाली सम्म विस्तार भएको निर्देशक तथा साईकोलोजिष्ट थापाको भनाई छ ।

 

यस्ता समस्या भएका ब्याक्ति तथा बालबालिकाहरुलाई शिक्षा तथा सेवाका लागि नियमित कक्षामा सामेल गराई राख्नु पर्ने भएकाले परिवार सहित लामो समय सम्म बस्नु पर्नै बाध्यता हुन्छ । यसले कति पयले यहि पसलनै थापेर समयको सदुपयोग गर्दै आएका छन् । यसले आफु यही ठाउँमा बसेर सेवा पाउँदाको खर्च समेत जोहो हुने गरेको अभिभावक गणेश सुवेदीले बताउनु भयो ।

 

मुलुकका दुर दराजका यस्ता समस्या भएका ब्याक्ति तथा नानी बाबुहरु लाई लिएर अभिभावक समेत स्थाई रुपमा बस्नु पर्ने भएकाले स्थानिय क्षेत्रमा समेत चहल–पहल र आय आर्जनमा टेवा पुगेको छ । यसरी दैनिक उपभोग्य बस्तु किनमेल, यातायात तथा आवास प्रयोग गर्दा स्थानिय अर्थ तन्त्रमा समेत सकासात्मक प्रभाब परेको स्थानियबासी कुलमान मगरको ठम्याई छ ।

 

फाउण्डेसनले अटिजम्, अति चञ्चल, डाउन्स सिन्ड्रोम, बौद्घिक अपाङ्गता, एस्र्पागरस् सिन्ड्रोम, मस्तिष्क पक्षघात, सिकाई समस्या, वोली समस्या, ढिलो सिकाई, मानसिक तथा शारिरिक बृद्घि विकासमा ढिलाई, अन्य स्नायु तथा शारीरिक समस्या लगायत अवस्था हरुमा सेवा पु¥याउदै आएको छ । विशेष शिक्षा, व्यवहार परिवर्तन तालिमहरु, सेन्सरी इन्टीग्रेसन, जीवन उपयोगी सीप र तालिमहरु, हस्तकला तथा अन्य तालिमहरु, संगित तथा नृत्य, शारीरिक थेरापी, वोली तथा भाषा थेरापी, अकुपेशनल थेरापी, प्रिझोकेशनल तालिमहरु, ब्याक्तिगत शैक्षिक योजना कमर्यत्रम, मनोपरामर्स जस्ता सेवाहरु उपलब्ध छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

काठमाडौं १७ असार ।  नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब

झापामा मकै उत्पादनमा ठूलो गिरावट

झापा, १६ असार । धानपछि दोस्रो मुख्य खाद्यान्न बालीका रूपमा रहेको मकैको उत्पादनमा यस वर्ष झापामा ठूलो ह्रास आएको छ। विगत तीन वर्षको तुलनामा यस

राष्ट्रपतिद्धारा रोटरी को तारिफ

काठमाडौं,१७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनु भएको छ ।

दलहरु संघीयताप्रति इमान्दार भएनन् : उपेन्द्र यादव

काठमाडौं,१७ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको

सरकारको हस्तक्षेपले एन्फा प्रतिबन्धमा पर्यो :ओली

काठमाडौं,१६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले समाजको शारीरिक तथा मानसिक स्वास्थ्य, सभ्यता, संस्कृति र समग्र विकासको स्तर प्रतिबिम्बित गर्ने महत्वपूर्ण माध्यम

मन्त्री रावल, मधेशका मुख्यमन्त्री र सांसद रहबर अन्सारीबीच छलफल

काठमाडौं, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री