नर्सहरुको आन्दोलनः अस्पतालमा बिहान १० बजे देखी १२ बजे सम्म सेवा बन्द

दमक, १३ कार्तीक । दमक १ मा रहेको सरकारी अस्पताल दमक अस्पतालमा आज बिहान १० बजे सेवाग्राहि पुग्दा नर्सहरु बिरामीसग भेटिएका थीएनन । उनीहरु अस्पताल छिर्ने मुख्य ठाउँ अर्थात इमर्जेन्सीको अगाडी बसेर धर्ना दिइरहेका थीए ।

 

हातमा बिभिन्न प्ले कार्ड बोकेर अस्पतालको सेवानै प्रभावीत पारेर यसरी गरिएको धर्नाको कारण के थियो ? त्यही भीडबाट बोल्नु भयो देवी दंगाल । ‘हाम्रो यो धर्ना रहर हैन बाध्यता हो । हामीले धेरै केहि कुरा चाहेका छैनौ । राज्यले नर्सलाई तोकेको तलव र सेवा सुविधा अस्पतालले प्रदान गर्नुपर्ने र नेपालमै काम गर्ने वातावरण बनाउनु पर्ने छ ।

 

’ दंगाल नेपाल नर्सीङ संघ झापाको सचिव समेत हुनुहुन्छ । उहाँले भन्नु भयो ‘नर्स पढ्न १० लाख खर्च हुन्छ तर अहिले नर्सहरुमाथी श्रम शोषण भएको छ । १५ हजार रुपैँयामा काम गर्नुपर्ने बाध्यता छ । यसको अन्त्य हुनुपर्यो ।’

 

आफुहरुको माग पुरा नभएसम्म आफुहरुले आन्दोलन नछोड्न बताउँदै उहाँले भन्नु भयो ‘हामी हरेक हस्पतालमा बिहान १० बजे देखी देखी १२ बजेसम्म नर्सीङ सेवा बन्द गर्ने छौ । अर्थात हामी काम गर्ने छैनौ । ’ उहाँले यद्यपी इमर्जेन्सी सेवामा भने आफुहरुले काम नरोक्ने पनि बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ