नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले मानिसहरुले आफ्नो रोगको बारेमा थाहा पाएर पनि अति गाह्रो नभएसम्म अस्पताल गएर जाँच र उपचार गराउदैँनन् । जसका कारण रोग अन्तिम अवस्थामा पुग्छ र जटिल बन्ने गरेको छ । यस प्रकार गाउँघरमा लुकेर बसेका गोप्य रोगहरुको पहिचान र उपचार गरी नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाईरहेको छ उर्लावारीमा मुख्य शाखा रहेको गैरसरकारी संस्था एन्जल फाउन्डेशनले । जुन अभियान अन्तर्गत बिहिबार दमकमा एउटा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

 

एन्जल फाउन्डेशनले गाउँघरमा लुकीछिपी बसेका गोप्यरोगहरुको पहिचान र उपचार गराउन विगत लामो समयदेखी देशभरका विभिन्न ठाउँहरुमा विभिन्न संघसंस्थाहरुसँगको समन्वयनमा अभियान चलाईरहेको छ । यसै सन्र्दभमा विहिवार झापाको दमकमा रहेको सनराईज सेकेन्डरी बोर्डिङ स्कुलमा पनि फाउन्डेशनले एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो ।

आफूलाई पहिला देखी नै पाईल्स रहेको थाहा भएपनि अस्पतालमा गएर जाँच गराउन नसकेको दमक २ की स्थानीयवासी गिता खड्का बताउनु हुन्छ । तर, केही गाह्रो नपरेकाले उहाँले अहिलेसम्म अस्पताल धाउने दुख गर्नुभएन । यस्ता रोगहरु अफट्यारो ठाउँमा देखिने भएकोले कसरी देखाउने होला भन्ने कुराको डर र लाजले अहिलेसम्म नदेखाएको उहाँले बताउनु भयो । तर, यसरी आफ्नै ठाउँमा रोगको निशुल्क जेकजाँच गर्न शिविर नै आएको थाहा पाएपछि भने मौकाको फाईदा उठाउनकै लागी भएपनि आफू यहाँ आएको उहाँले प्रतिकृया दिनुभयो ।

 

यस्ता रोगहरुको प्रारम्भीक समयमा नदुख्ने न पोल्ने भएकाले धेरैले रोग लागेको पनि पत्तो पाउँदैनन् । आफूसँग पनि यस्तै भएको र आज शिविरमा जाँच गराएपछि मात्र आफूले आफ्नो रोगको बारेमा थाहा पाएको बताउनुहुन्छ शिविरमा परिक्षण गराउनु भएकी ज्ञानु घिमिरे ।

पायल्स जस्ता गोप्य रोगहरु अहिले प्राय सबैलाई नै हुने गरेको छ । तर, यो रोग लाग्छ चाहीँ कसरी सुनौँ एन्जल फाउन्डेशनकी मेडिकल अफिसर डा. अस्मिता ओलीको यो कुरा ।

आफूलाई रोग लगेको थाहा भईसकेपछि दुखेको छैन भन्दै अस्पताल नजाने र डाक्टरको परामर्श नलिने बानीले गर्दा नै रोग अन्तिम चरणमा पूग्ने गर्छ र उपचार गर्न गाह्रो हुने गर्छ । त्यसैले बेलैदेखी सचेत रहन समेत फाउण्डेशनले अनुरोध गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ