नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले मानिसहरुले आफ्नो रोगको बारेमा थाहा पाएर पनि अति गाह्रो नभएसम्म अस्पताल गएर जाँच र उपचार गराउदैँनन् । जसका कारण रोग अन्तिम अवस्थामा पुग्छ र जटिल बन्ने गरेको छ । यस प्रकार गाउँघरमा लुकेर बसेका गोप्य रोगहरुको पहिचान र उपचार गरी नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाईरहेको छ उर्लावारीमा मुख्य शाखा रहेको गैरसरकारी संस्था एन्जल फाउन्डेशनले । जुन अभियान अन्तर्गत बिहिबार दमकमा एउटा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

 

एन्जल फाउन्डेशनले गाउँघरमा लुकीछिपी बसेका गोप्यरोगहरुको पहिचान र उपचार गराउन विगत लामो समयदेखी देशभरका विभिन्न ठाउँहरुमा विभिन्न संघसंस्थाहरुसँगको समन्वयनमा अभियान चलाईरहेको छ । यसै सन्र्दभमा विहिवार झापाको दमकमा रहेको सनराईज सेकेन्डरी बोर्डिङ स्कुलमा पनि फाउन्डेशनले एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्यो ।

आफूलाई पहिला देखी नै पाईल्स रहेको थाहा भएपनि अस्पतालमा गएर जाँच गराउन नसकेको दमक २ की स्थानीयवासी गिता खड्का बताउनु हुन्छ । तर, केही गाह्रो नपरेकाले उहाँले अहिलेसम्म अस्पताल धाउने दुख गर्नुभएन । यस्ता रोगहरु अफट्यारो ठाउँमा देखिने भएकोले कसरी देखाउने होला भन्ने कुराको डर र लाजले अहिलेसम्म नदेखाएको उहाँले बताउनु भयो । तर, यसरी आफ्नै ठाउँमा रोगको निशुल्क जेकजाँच गर्न शिविर नै आएको थाहा पाएपछि भने मौकाको फाईदा उठाउनकै लागी भएपनि आफू यहाँ आएको उहाँले प्रतिकृया दिनुभयो ।

 

यस्ता रोगहरुको प्रारम्भीक समयमा नदुख्ने न पोल्ने भएकाले धेरैले रोग लागेको पनि पत्तो पाउँदैनन् । आफूसँग पनि यस्तै भएको र आज शिविरमा जाँच गराएपछि मात्र आफूले आफ्नो रोगको बारेमा थाहा पाएको बताउनुहुन्छ शिविरमा परिक्षण गराउनु भएकी ज्ञानु घिमिरे ।

पायल्स जस्ता गोप्य रोगहरु अहिले प्राय सबैलाई नै हुने गरेको छ । तर, यो रोग लाग्छ चाहीँ कसरी सुनौँ एन्जल फाउन्डेशनकी मेडिकल अफिसर डा. अस्मिता ओलीको यो कुरा ।

आफूलाई रोग लगेको थाहा भईसकेपछि दुखेको छैन भन्दै अस्पताल नजाने र डाक्टरको परामर्श नलिने बानीले गर्दा नै रोग अन्तिम चरणमा पूग्ने गर्छ र उपचार गर्न गाह्रो हुने गर्छ । त्यसैले बेलैदेखी सचेत रहन समेत फाउण्डेशनले अनुरोध गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।