दमकमा बारुणयन्त्र अभावले आगलागी नियन्त्रणमा समस्या

 जेन्जी आन्दोलनमा जलेको दमकल अझै सञ्चालनमा नआउँदा स्थानीयवासी चिन्तित, नगरपालिका भन्छ —छिट्टै सञ्चालनको तयारीमा छौ ।

दमक, १७ कार्तिक । गत कार्तिक ९ गते दमक–८ निवासी रबिन खड्काको घरमा आगलागी हुँदा उनको ३० वर्ष पुरानो घर पूर्णरूपमा नष्ट भएको छ। करिब तीन पुस्तादेखि बसोबास गर्दै आएको घर स्थानीय र परिवारको प्रयास पछि पनि बचाउन सकिएन । घर संगै लाखौ मूल्यको क्षति भयो । आगलागी नियन्त्रणका लागि प्रयोजन हुने बारुणयन्त्र दमक नगरपालिकामा नभएकै कारण समयमै नियन्त्रण गर्न नसकिएको पीडित खड्काको गुनासो छ ।

 

दमक नगरपालिकाको बारुणयन्त्र गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जलेर नष्ट भएको हो। त्यसयता उक्त दमकल सञ्चालनमा आएको छैन। आगलागीपछि उर्लाबारी नगरपालिकाका र कमल गाउँपालिकाबाट आएका दमकलको सहयोगमा साँझ ५ः५० बजे आगो नियन्त्रणमा लिइएको थियो। तर बारुणयन्त्र अभावका कारण पछिल्ला वर्षहरूमा दमक र आसपासका क्षेत्रमा आगलागी नियन्त्रणमा कठिनाइ भइरहेको छ। स्थानीयवासीले पनि यसको अभाव गम्भीर रूपमा महसुस गरिरहेका छन्। ।

दमक–४ का स्थानीय रबिकुमार राई दमकल नहुदा समस्यामा परेको बताउनुहुन्छ । कहि कतै आगलागि भएमा ठूलो क्षति ब्यहोर्नूपर्ने भन्दै नगरपालिकाले तत्काल सञ्चानलन गर्नुपर्ने उहाँको धारणा छ ।

पूर्व कार्यबाहक नगरप्रमुख समेत रहनुभएका हिमालय दाहालका अनुसार दमकल अत्यावश्यक सवारी साधन भएकाले यसको पुनः सञ्चालन तत्काल गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ । आगलागीको समय नजिकिदै गरेकाले यसको सञ्चालनमा ढिलाई गर्न नहुने उहाको तर्क छ ।

यता दमक नगरपालिकाले भने आन्दोलनका क्रममा भएका क्षतिको पुर्न निर्माणका बिषयमा आन्तरिक रुपमा अघि बढाईएको बताएको छ । केहि दिन अघि उज्यालो खबरसंगको कुराकानीका क्रममा उहाँले बोर्ड बैठक मार्फत छलफल मार्फत अघि बढ्ने बताउनुभयो ।

हाल दमकमा आगलागीका घटनामा छिमेकी पालिकाका दमकलको भर पर्नुपर्ने अवस्था छ। तर ती पनि समयमा नपुग्दा करोडौंको धनमाल नष्ट हुने र परिवारहरू विस्थापित हुने अवस्था देखिएको छ । यसतर्फ बेलैमा ध्यान दिन जरुरी देखिन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका