जेन्जी आन्दोलन पछि नगरका पूर्बाधारमा कसरी काम भईरहेको छ?

दमक, २१ कार्तिक । गत भदौ २३ र २४ गते देशभर एकाएक भड्किएको आन्दोलनले राज्यका संरचनामा गम्भीर असर पु¥यायो। सरकारी कार्यालय, ऐतिहासिक भवन र सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी र तोडफोडले देशको प्रशासनिक प्रणाली नै अस्थिर बनायो। यही क्रममा ऐतिहासिक सिंहदरबारदेखि स्थानीय तहका कार्यालयहरू समेत क्षतिग्रस्त भए।यस घटनाबाट दमक नगरपालिका पनि अछुतो रहन सकेन। ‘जेन्जी आन्दोलन’ को नाममा केही अराजक समूहले गरेको आगजनीका कारण दमक नगरपालिकाको प्रशासनिक भवन पूर्णरूपमा जलेर ध्वस्त भयो। कागजात, उपकरण र सार्वजनिक अभिलेख नष्ट भएपछि नगरपालिकाको प्रशासनिक र विकास गतिविधि तत्कालका लागि ठप्प बन्यो ।
नगरपालिका भवन जलेपछि दैनिक प्रशासनिक कार्य रोकिए। पूर्बाधार बिकास र निर्माण कार्य स्थगित भए। तत्कालीन अवस्थामा नगरको प्रमुख चुनौती नै कसरी सेवाप्रवाह निरन्तरता दिने्र? भन्ने बन्यो।

 

अब भने परिस्थिति क्रमशः सामान्य हुँदै गएको छ। जलेर नष्ट भएको प्रशासनिक भवनलाई अस्थायी रूपमा अर्को सरकारी भवनबाट सञ्चालन गर्दै नगरपालिका आफ्ना कार्यहरूलाई पुनःसञ्चालन गरिरहेको छ। नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले आन्दोलनका कारण रोकिएका पूर्वाधार र विकासका सबै कामहरू पुनःसुरु गर्ने निर्णय गरेको छ। दमक नगरपालिका पूर्बाधार बिकास समिती संयोजक भीम प्रसाद पौडेलका अनुसार अघिल्लो वर्ष सुरु भएका केही योजनाहरूलाई निरन्तरता दिइएको छ भने नयाँ प्राथमिक परियोजनाहरू पनि तयार पारिँदै छन्।

 

यद्यपि नगरपालिकासँग हाल स्रोत सीमित छ। संघीय र प्रदेश सरकारबाट आउने बजेट अझ निश्चित नभएकाले योजनाहरूमा प्राथमिकता तोकिएको छ। नगरपालिकाले तत्काल अत्यावश्यक पूर्वाधारलाई पहिलो चरणमा अघि बढाउने नीति लिएको छ।

 

आन्दोलनले क्षति पु¥याएको दमक अहिले पुनःनिर्माण र पुनर्जागरणको यात्रामा अग्रसर छ। सीमित स्रोत र कठिन परिस्थितिका बाबजुद, नगरको नेतृत्वले विकासलाई गतिमा फर्काउने दृढता देखाएको छ । तर करौडौको क्षति र समिमित श्रोतका कारण बिकासका कामले गति पाउनेमा आशंका भने कामयमै छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका