बेथितीमाथि निरन्तर सिस्नुपानी लगाउँदै गाम्नागे

अनुशीलन

दमक, २३ कार्तिक / हास्यव्यङ्ग्य पत्रिकाको सम्पादनका क्रममा हास्यव्यङ्ग्य साहित्यतर्फ झुकाव बढेपछि सोही पाटोको उहाँको लेखनले विशिष्ट स्थान हाँसिल गर्न पुग्यो । झापाको गौरादह घर भई अध्ययन र जागिरका सिलसिलामा लामो समयदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आउनु भएका लक्ष्मीप्रसाद भट्टराई हास्यव्यङ्ग्य क्षेत्रमा लागेपछि लक्ष्मण गाम्नागेका नामले परिचित मात्र बन्नु भएन, सो क्षेत्रको अगुवाका रुपमा दरिनु भयो ।

 

चिदानन्द भट्टराई र लक्ष्मी भट्टराईको चौथो सन्तानका रुपमा वि. सं. २०२१ पुस २९ मा भुटानको मेनाटार, साम्चीमा जन्मनु भएका उहाँ २०५५ सालमा स्थापित नेपालको प्रभावकारी हास्यव्यङ्ग्य संस्था सिस्नुपानी नेपालका संस्थापक तथा वर्तमान अध्यक्ष रहेर बेथितीमाथि लगातार सिस्नुपानी लगाइरहनु भएको छ ।

 

गौरादह नगरपालिका वडा नं. ४ स्थायी ठेगाना भएका गाम्नागे एसएलसी सकेर पढ्न र जागिर खान काठमाडौं हानिनु भएको थियो । त्रिभुवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर उहाँका २०४३ सालदेखि अलिअलि गर्दै रचनाहरू प्रकाशन हुन थालेका थिए । २०४४ सालदेखि हास्यव्यङ्ग्यका पत्रिका ‘रकेट’ र ‘चड्कन’ सम्पादन गर्न थालेपछि उहाँको लेखनको आयतन फराकिलो बन्दै गयो ।

 

नेपाल टेलिकमको जागिरे जीवनबाट अवकास प्राप्त भइसक्नु भएका उहाँ हास्यव्यंग्य कविता, निवन्ध, कथा, उपन्यासका क्षेत्रमा कलम चलाउनु हुन्छ । उहाँका घिटिकघिटिक बाँचेर शहरमा (व्यङ्ग्य कविता), लाठीचार्ज (व्यंग्य निवन्ध), कत्ति धुनु गधाहरूलाई (व्यंग्य निवन्ध), तीन न तेह्र (व्यङ्ग्य कविता), स्वाहा (व्यंग्य निवन्ध), पत्याउँदा पत्याउँदै (व्यङ्ग्य कविता), छोपछाप (व्यङ्ग्य निबन्ध सङ्ग्रह), पसिनाका पाइला (उपन्यास), बिरालाको पुच्छर (बालकथा), बाँदरको कोशेली (बालकथा), प्रिय चिठीहरू (चिठी संग्रह) र दलालशाला (व्यंग्य संग्रह) गरी हालसम्म १२ कृति प्रकाशित छन् ।

 

विभिन्न देशमा साहित्यिक कार्यक्रममा सहभागि बनिसक्नु भएका उहाँ भैरव प्रतिभा पुरस्कार हुँदै १ लाख ११ हजार राशिको हास्यव्यङ्ग्य क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार भैरव पुरस्कार २०८१ बाट सम्मानित भइसक्नु भएको छ । गोपालराज पन्त स्मृति पुरस्कारसहितका दर्जनौं विशिष्ट पुरस्कारबाट सम्मानित र पुरस्कृत भएर हास्यव्यङ्ग्य साहित्यका क्षेत्रमा आफूलाई समर्पित गराइरहनु भएको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा गरिएको भलाकुसारीको भिडिओ हेर्नुहोला :

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८