परीक्षामा करिब ५ लाख विद्यार्थी सम्मिलित

शुक्रबारबाट एसईई प्रश्नपत्र छपाइ  शुरू

 

 

 

काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र केन्द्रका करिब ४० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मीको घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले प्रश्नपत्रसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । प्रश्नपत्र छपाइ गर्न उहाँसहितको टोली बिहीबार जनक शिक्षा प्रवेश गर्नेछन् । यस वर्ष अनलाइनबाट प्रश्नपत्र पठाउने तयारी भएको बताए पनि छपाइ गरेकै प्रश्नपत्र उपलब्ध गराउने भएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा दुई प्रकारका मोडालिटी तयार गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सुगम र नेट पुगेका केन्द्रमा अनलाइन र अन्य केन्द्रमा प्रश्नपत्र पुर्याउने तयारी गरेका छौं । मंगलबार जनक शिक्षा सञ्चालक समितिका अध्यक्ष एवं शिक्षा सचिव यादव कोइरालाको अध्यक्षतामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उच्च सुरक्षा अधिकारीसहितको बैठकमा प्रश्नपत्र छपाउँदा अपनाउनुपर्ने सुरक्षाको विषयमा छलफल भएको थियो ।

जनक शिक्षा सामग्री केन्द्रका प्रवक्ता चित्र आचार्यले शुक्रबारबाट प्रश्नपत्र छपाइ हुने गरी सबै तयारी पूरा भएको बताउनुभयो । केन्द्रले प्रश्नपत्र छपाइ शुरु गरेको २५ दिनमा सम्पूर्ण काम सक्ने गरी तयारी गरेको आचार्यले बताउनुभयो । बोर्डले प्रदेशअनुसार फरक–फरक सेटको प्रश्नपत्र छपाइ गर्नेछ भने चैत मसान्तभित्रै प्रश्नपत्र ढुवानी शुरु गर्ने जनाएको छ ।

बोर्डका अध्यक्ष डा. शर्माले केही विषयमा प्रदेशअनुसार फरक प्रश्नपत्र छपाइ गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले कसरी छपाइ गर्ने भन्ने विषय गोप्य रहेकाले नीतिगत विषयमा अहिले नै जानकारी दिन नमिल्ने बताउनुभयो । ‘यस विषयमा एक/दुई दिनभित्र बोर्डको बैठक बसेर सबै निर्णय गर्नेछ ।’ –उहाँले भन्नुभयो ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउनेछ । हरेक विषयको फरक–फरक सेट प्रश्नपत्र छपाइ गर्नेछ । बोर्डले अनलाइनबाट प्रश्नपत्र पठाउने विषयमा छलफल चलाए पनि छपाएरै प्रश्नपत्र पठाउने तयारी गरिरहेको छ ।

प्रश्नपत्र छपाइ गर्न पहिलो घेरामा नेपाली सेना, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल प्रहरी परिचालित हुनेछ । यसअघि पनि प्रश्नपत्र छपाइ गर्दा सोही व्यवस्था गरिएको थियो । बोर्डले यसअघि २०७६ सालमा छपाइ गरेको प्रश्नपत्र प्रयोग नगरी नयाँ छाप्ने निर्णय गरेको हो ।

गत वर्षको प्रश्नपत्र पुरानो भएको र सोही प्रश्नपत्र यो वर्षका लागि प्रयोग गर्दा लिक हुन सक्ने भएकाले नयाँ प्रश्नपत्र छपाइ गर्न लागिएको बोर्डको तर्क छ । त्यस बेला बोर्डले करिब २ करोड रुपियाँ खर्च गरी प्रश्नपत्र छपाइ गरेको थियो ।

परीक्षाको व्यवस्थापन गर्ने विषयमा दुई दिनअघि सौराहामा भएको बैठकमा परीक्षालाई थप व्यवस्थित गर्न आग्रह गरिएको थियो । प्रश्नपत्र वितरण, उत्तरपुस्तिका परीक्षणलगायतका विषयमा विशेष ध्यान दिन आग्रह गरिएको थियो । बोर्डअन्तर्गत १२ वटै प्रदेश परीक्षा कार्यालय, सामुदायिक र निजी विद्यालयका केही केन्द्राध्यक्ष, मन्त्रालयका अधिकारी र बोर्डका सबै सदस्य, बोर्डका दुवै परीक्षा नियन्त्रकलगायतको बैठकमा परीक्षाको संवेदनशीलतालाई विशेष ध्यान दिन आग्रह गरिएको थियो । प्रश्नपत्र छपाइका लागि करिब २१ करोड रुपियाँ विनियोजन गरिएको छ ।

यस वर्षको परीक्षा आगामी वैशाख ९ बाट २० गतेसम्म सञ्चालन हुँदै छ । परीक्षामा करिब ५ लाख विद्यार्थी सम्मिलित हुनेछन् भने दुई हजार परीक्षा केन्द्र कायम हुनेछ । कोरोना भाइरस सक्रमणका कारण २०७६ र २०७७ सालको एसईईको आन्तरिक मूल्यांकन भएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तीन विश्वविद्यालयको उपकुलपति चयनका लागि अन्तर्वार्ता सुरु

काठमाडौं,१३ असार । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ

सरकारी सफ्टवेयर केन्द्र स्थापनाको निर्णयप्रति प्रविधि क्षेत्रमा तरंग

काठमाडौँ,१३ असार । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत एउटा केन्द्रीय सफ्टवेयर विकास र सञ्चालन केन्द्र स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। देशभरका सबै सरकारी

वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त

काठमाडौं,१३ असार । अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त देखिएको छ । कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार १२ गतेसम्म देशभर ११.३३

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर