प्रादेशिक आयुर्वेदिक अस्पतालमा खुवाईयो स्वर्ण बिन्दु प्राशन

दमक, २५ कार्तिक । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेको छ । जस अन्तरगत झापाको कमल गाउपालिकामा रहेको प्रादेशिक आयुर्वेदिक अस्पतालले समेत निरन्तर यो कार्यक्रम सन्चालन गरिरहेको छ ।

कोशी प्रदेश सरकार अन्तरगतको यो अस्पतालले आफै स्वर्ण बिन्दु उत्पादन गरेर कार्यक्रम सन्चालन गर्दै आएको छ ।
बिगत ५ महिनादेखि निरन्तर सन्चाल भईरहेको यो कार्यक्रममा हरेक महिना नयाँ नयाँ बालबालिकाहरुले सेवन गरिरहेको प्रादेशिक आयुर्वेदिक अस्पताल लखनपुरका निर्देशक डाक्टर सिदार्थ ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो महिना १ हजार ५ सय हाराहारीबाट सुरु भएको यो कार्यक्रम पाचौ महिनामा आईपुग्दा ४ हजार हाराहारी बालबालिकाले सेवन गर्न थालेका छन ।

खासगरी दमक, कमल , गौरादह क्षेत्रका बालबालिकाले स्ंवरण बिन्दु प्राषन गराउने गरेको पनि उहाँले उल्लेख गर्नु भयो । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई एक विशेष आयुर्वेदिक औषधि खुवाउने भएको छ ।
शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर महिनैपिच्छे ‘स्वर्ण बिन्दु प्राशन’ वितरण गरिदै आईएको छ । बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई बढवा दिनु र उनीहरूलाई विभिन्न रोगबाट बचाउनु संवरण बिन्दु लाभदायी हुने पनि डाक्टर ठाकुरले जानकारी दिनुभएको छ ।

स्वर्ण बिन्दु प्राशन’ बनाउन ‘स्वर्णभस्म’लाई घ्यू र महमा मिसाएर औषधीय गुण भएको पदार्थ बनाइने गरिएको र यो यहि अस्पतालमै उत्पादन गरिरहेको समेत डाक्टर ठाकुरले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ