पथरी शनिश्चरेमा नेकपा एमालेको बृहत् जनभेला

पथरी शनिश्चरे समाचारदाता, २६ कार्तिके। मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेकपा एमालेले बृहत जनसभाको आयोजना गरेको छ। हिजो मंगलबार दिउँसो पथरी शनिश्चरे नगर कमिटीको आयोजनामा उक्त जनसभा आयोजना गरेको हो। एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित जनसभा र्याली अन्तर्गत र्याली वडा नम्बर १ को मन्दिर लाइनदेखि सुरु भई बुद्धचोक – लोकतान्त्रिक चोक – सब्जी लाइन हुँदै रत्नचोकमा आएर कोणसभामा परिणत भएको छ। विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो।

 

उक्त ¥यालीमा नेकपा एमाले जिन्दाबाद, जनताको बहुदलीय जनवाद जिन्दाबाद, प्रतिगामी षड्यन्त्र मुर्दाबाद, हत्या हिंसा आतंक बन्द गर, तोडफोड र आगगजनी गर्नेलाई कारबाही गर, विघठित प्रतिनिधिसभा पुनःस्थापना गर जस्ता विभिन्न नाराहरू लागेका थिए।
उक्त र्यालीलाई कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सम्बोधन गर्दै नेता कार्यकर्ता तथा पालिका र वडा कार्यालयहरूमा तोडफोड तथा आगजनी गर्ने जोसुकै लाई कडा भन्दा कडा कारबाहीको माग गर्नुभएको थियो। सोही क्रममा उहाँले गएको भदौ २३ र २४ गते जेनजीसमुहको आन्दोलनलाई हडपेर किओबी नाम गरेका अराजक तत्वहरुले राज्यका महत्वपूर्ण अङ्गहरू सर्वोच्च अदालत संघीय संसद लगायतका महत्वपूर्ण कार्यालयहरू तोडफोड र आग्जनी गरिएको उल्लेख गर्नुहुँदै कडाभन्दा कडा कारबाहीको जोडदार माग गर्नुभएको थियो।

 

उता कार्यक्रममा पथरी शनिश्चरे नेकपा एमालेका नगर कमिटि सचिव विरोज मगरले नेकपा एमालेले केन्द्रीय कमिटीको सकुर्लरको रूपमा देशव्यापी रूपमा ७ सय ५३ पालिकामा केन्द्रको यस्तो खालको कार्यक्रम भएको नगर कमिटी पार्टीले आयोजना गरेको वहाँले जानकारी दिनुभएको छ।

यस्तैगरि नेकपा एमाले पथरी शनिश्चरे वडा नं–१ का अध्यक्ष प्रदिप कुमार राईले मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गदै देशमा शान्ति सुव्यवस्था कायम देशमा प्रतिगमन भएको संसद पुर्नस्थापनाको निम्ति हामीलेले नगरको कार्यक्रमको आयोजना गरेका हौ ,वहा जानकारी दिनुभयो ।

कोणसभाको अध्यक्षता पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष संजीव गिरीले गर्नुभएको थियो। उक्त अवसरमा कोशी प्रदेश सदस्यद्वय दिलिपकुमार राई यमुना बिष्ट बास्तोला लगायतको पनि उपस्थिति रहेको थियो।
(उज्यालो खबरका लागि मोरङ्गको पथरी शनिश्चरेबाट भूमिप्रसाद पाठकको रिपोर्ट)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ