दमकका मुख्य सार्बजनिक स्थानमै छैनन निशुल्क खानेपानीको धारा

मूल्य तिरेरै पानी पिउन बाध्य भएर नागरिकहरु भन्छन् सम्बन्धीत नीकायले ध्यान दिनुपर्यो

दमक, कार्तिक २७ । दमक बजारको मुख्य सार्बजनिक स्थानमा सार्बजनिक खानेपानीको अभाब देखिएको छ । नागरिकहरुको बाक्लो उपश्थिीति रहेने स्थानहरुमा खानेपानीको ब्याबस्था नहुदा पानी पिउनका लागि किन्ने पर्ने बाध्यता उनीहरुमा छ
दमकको बसपार्क जहाँ प्रत्येक दिन हजारौ संख्यामा यात्रुहरु आगमन हुने गरेको छ । पूर्बपश्चिम राजमार्ग अन्र्तगत पूर्बदेखि पश्चिमसम्म जाने यात्रुहरुले यस बर्षपार्कको प्रयोग गर्ने गरेको छन् । तर यस क्षेत्रमा सार्बजनिक रुपमै प्रयोग गर्न मिल्ने खानेपानीको ब्याबस्थापन नहुदा यात्रुहरुमात्र हैन यहा बिभिन्न पेशा ब्याबसाय गर्ने मानिशहरुले तिर्खा मेट्न किनेरै खानुपर्ने बाध्यत्यमक ब्याबस्था रहेको छ । स्थानीय गणेश अधिकारी खानेपानीको ब्याबस्थापन त परको कुरा प्यास मेटाउन २० रुपिया पर्ने पानी ३० रुपैया लगाएर पिउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

दमक ५ का स्थानीय नेत्र सापकोटा पेशाले सिटी चालक हुनुहुन्छ । दिनभरी यात्रु ओसारपसारमा सक्रिय रहने उहाँ यात्रु प्रतिक्षाका लागि दमक ५ को गोर्खा डिपार्टमेण्ट ठिक्क अघि उहाँको रुट छ । तर प्यास लागेमा होटलमा गएर किनेरै खानुपर्ने बाध्यता छ । नगरपालिकाले सार्बजनिक खानेपानीको ब्याबस्थापन गर्नुपर्ने भएपनि ब्याबस्थापन गर्र्न नसक्दा आफूहरु समस्यामा परेको उहाँको भनाई छ ।

यस्तै मानिसहरुको बढी चहलपहल हुने नमुना मार्केटमा पनि सार्बजनिक खानेपानीको अभाब देखिएको छ । लामो समयदेखि यसै क्षेत्रमा ब्याबसाय गर्दै आउनुभएका ब्याबसायी बिकाश अग्रवाल सार्बजनिक खानेपानी नभएका कारण जारको पानी प्रयोग गर्दै आएको बताउनुहुन्छ । दैनिक हजारौको संख्यामा यस क्षेत्रम आउने गा्रहकहरुलाई पनि जारकै पानी दिने गरेको उहाँको प्रतिक्रिया छ ।

दमक नगरपालिका र खानेपानी संस्थानले सार्बजनिक स्थानमा खानेपानी ब्याबस्थापन गर्ने घोषणा गरेपनि त्यसको पूर्ण रुपमा कार्यन्ययन अझै हुन सकेको छैन । जसका कारण सार्बजनिक स्थानमा पिउने पानीका लागि मूल्य तिरेरै पिउनुपर्ने बाध्यतामा छन् । दमकका केहि सार्बजनिक स्थानमा खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले धारा जडान गरेको छ , त्यसबाहेका एक दुई स्थानमा ब्यत्ति र सामाजिक संघसस्थाको पहलमा खानेपानीको ब्याबस्था गरेपनि त्यो पर्याप्त हुन सकेको छनै । अझै अधिकांश स्सार्बजनिक स्थानमा खानेपानीको समस्यामा नागरिकहरुले भाग्दै आएका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता सस्था दमकको तथ्याङकअनुसार दमक नगरिपालिकाका सबै वडाहरुमा हालसम्म १२ स्थानमा मात्र निशुल्क खानेपानीको धारा जडान भएका छन् । जुन एकदमै न्यून हो ।
दमक नगरपालिका बाताबरण तथा बिपत ब्याबस्थापन समिती अध्यक्ष टेक ब। थापाले खानेपानी सस्थान संगको समन्वयमा केही मुख्य क्षेत्रमा जडान गरेको बताउनुहुन्छ । तर सबै सार्बजनिक स्थानमा सार्बजनिक धारा राख्न सक्ने अबस्था नरहेको उहाको भनाई छ ।

दमक जस्तो बिकसित शहरका सार्बजनिक स्थानमा खानेपानीको पर्याप्त ब्याबस्थापन नहुनु आफैमा सकरात्मक पक्षा होईन । यसतर्फ सम्बन्धीत निकायको बेलैमा ध्यान जान जरुरी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।

दशैंतिहारमा चिनीको अभाव नहुने

काठमाडौं,२९ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंतिहारमा चिनीको अभाव हुन नदिने गरी मौज्दात व्यवस्थापन गरेको जनाएको छ । कम्पनीसँग अहिले करीब २२

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका