दमकको ग्लोबल एजुकेशनल एकेडेमीमा भयो सांस्कृतिक कार्यक्रम , विद्यार्थीले देखाए यस्ता प्रतिभा

दमक, २९ कार्तिक । झापाको दमकमा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले शनिवार आयोजीत गरेको सांस्कृतीक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक क्षमता, आत्मविश्वास, समूह—कार्य तथा कला संस्कृतीप्रति रुची बढाउने उद्धेश्यले हरेक वर्ष जस्तै यस वर्ष पनि सांस्कृतीक कार्यक्रम भव्य रुपमा आयोजना गरेको हो । कार्यक्रम विद्यालय परिसरमा सम्पन्न भएको थियो, जसमा विद्यार्थी,अभिभावक , शिक्षकमण्डल तथा विद्यालय प्रशासनको उल्लेखीय सहभागिता रहेको थियो ।

 

कार्यक्रमभरि विभिन्न कक्षाका विद्यार्थीहरुले विभिन्न कला प्रस्तुत गरेका थिए भने कार्यक्रममा उत्कृष्ट अभिभावक र विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा मन्टेश्वरी देखी कक्षा १० सम्मको विद्यार्थीहरुको कला प्रस्तुत गरिएको थियो ।

 

हरेक वर्ष नै ग्लोबल एजुकेशनल एकेडेमीले वार्षिक सांस्कृतीक कार्यक्रमको आयोजना गर्ने गरेको छ । यस खाले कर्यक्रमले विद्यार्थीमा भएको कलाको प्रस्तुत गर्ने अवसर पाउनुको साथै भविष्यमा नृत्य, गायन तथा स्टेजमा बोल्ने जस्तो कुराहरुमा रुची हुनेहरुको लागी पनि अभ्यास हुने विश्वास राख्नुहुन्छ सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा जेलीना राई ।

त्यस्तै, कार्यक्रममा उपस्थित अर्की छात्रा सोनिया बोहोराको पनि यसखाले कार्यक्रमले बिद्यार्थीको क्षमता प्रस्फुटन गर्ने र यसले मनोबल बढाउने धारणा छ
।

यस खाले कार्यक्रमले विद्यार्थीहरुमा लुकेको प्रतिभाको उजागर हुने र विद्यार्थीहरुको अनुभव र आत्मवीश्वास समेत वृद्धी हुने गरेकाले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सिमीत नराखी यसखाले क्रियाकलापमा पनि समावेश गराउने गरेको ग्लोवल एजुकेशनल एकेडेमीका प्रधानाध्यापक गुणराज अधिकारीले बताउनुभयो ।

यो कार्यक्रमबाट विद्यालयले केबल मनोरञ्जनका लागी मात्र हैन विद्यार्थीमा लुकेर बसेका क्षमता, सृजनशीलता, अनुशासन, आत्मविश्वास र नेतृत्व गर्ने क्षमतालाई उजागर गर्ने विश्वास लिएको छ । शनिबार सम्पन्न भएको कार्यक्रममा नर्सरी देखी कक्षा १० सम्मको विद्यार्थी र अभिभावकको सहभागिता रहेको थियो भने ,आईतबार कक्षा ११ लाई स्वागत गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ