दमकको यो बालआश्रम : जहाँ गरियो दाँत र आँखाको परीक्षण

दमक, ४ मंसिर ।विश्व बाल दिवस । बाल अधिकारका बारेमा वकालत गरेर बालबालिकाको अबस्था र स्थिति बुझ्न र चिन्तन गर्ने एउटा महत्त्वपूर्ण अबसर हो । यसकालागी देशभर विभिन्न कार्यक्रम हुन्छन । र गरिए पनि । तर झापाको दमकमा भने केही फरक कार्यक्रम भयो । त्यो हो अनाथ बालबालिकाको निशुल्क स्वास्थ्य परिक्षण । दमक ९ मा रहेको अनाथ बाल आश्रममा दमक जेसिजले आयोजना गरेको स्वास्थ्य शिविरमा केके भयो र कस्तो देखियो?

साइनबोर्डमा लेखिएको छ अनाथ बालबृदा आश्रम । तर यहाँ बृद्धअबश्थाका कोहि हुनुहुन्न । अनि एकै ठाउमा राख्न पनि नपाईने कार्यबिधिले एकै ठाउँ नराखेको पनि हो । साइनबोर्ड सुधार हुँदै जाला । यहाँ अहिले करिव ३२ जना अनाथ बालबालिका छन । यी बालबालिकाको शिक्षा , स्वास्थ्य, अनि बाच्न पाउने सम्पुर्ण अधिकारको प्रत्याभूति यहि आश्रमले गराईरहेको छ । र यहि क्रममा यहाँ बसीरहेका बालबालिकाको दात र आखाको अबस्था कस्तो छ भनेर बिहीवार स्वास्थ शिविर सम्पन्न गरियो । दमक जेसिजले आफ्नो सप्ताह व्यापी कार्यक्रम अन्तरगत यो पटक यस आश्रममा पुगेर यहाका बालबालिकाको आँखा र दात जचाउन प्राबिधिक टिम सहित लिएर गयो । दातको परिक्षण गराउन दमक ५ बेलडाँगी रोडमा रहेको दमकको एकमात्र दात अस्पताल ओम शान्ती डेन्टल हस्पिटल र आखाँको परिक्षण गराउन यहि रोडमा रहेको बिर्ताज्योती आँखा अस्पतालका चिकित्सकको टोली नै लिएर गयो । यसबाट यहाँ रहेका बालबालिकाको दात र आखाँको परिक्षण गराउन सकिएको र यस्तो प्रभाबकारी कार्यक्रम आश्रममा ल्याएको भन्दै आश्रम सन्चालन समितीकि अध्यक्ष मनदरा पौडेलले आयोजकप्रती आभार व्यक्त गर्नु भयो ।

दकक जेसिज ले आफ्नो सप्ताहब्यापी कार्यक्रम गरिरहेको छ । शुक्रबार सम्पन्न हुने यो अभियानमा नागरिकसग जोडिएका विभिन्न सामाजिक कार्यक्रम यो पटकपनी गरेको दमक जेसिजका अध्यक्ष सहदेव भट्टराईले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ