गौरादहका किसान समस्यामा

नगरपालिका भन्छ अनुदान वितरण जमिनको खेती हेरेर भन्दापनी कागज हेरेर दिने नियम प्रक्रिया पुर्याउन गरिएको

गौरादह, २५ मंसिर । पूर्वी तराईको उब्जाउ भूमिमा फैलिएको गौरादह नगरपालिका। यहाँका हरिया खेत, धानका लहलहाउँदा बाला, तोरीका पहेंला फाँट र तरकारीका बगैँचा गौरादहको पहिचान हुन्। धान, मकै, तरकारी, तोरी, पशुपालन र माछा पालन यहाँका किसानको मुख्य जीविकाको आधार हो। नगरपालिकाको ठूलो जनसंख्या आज पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषीमै निर्भर छ।

यही कृषी पहिचानलाई आधार मानेर गौरादह नगरपालिकाले हरेक आर्थिक वर्ष कृषी विकासका लागि लाखौँ रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ। बीउ–बिजन अनुदान, कृषी उपकरण वितरण, सिँचाइ सहयोग, तालिम, पशुपालन अनुदान। कागजमा हेर्दा योजना आकर्षक देखिन्छन्। तर खेतमा काम गरिरहेका किसानले भने फरक यथार्थ भोगिरहेका छन्। “अनुदान आउँछ भन्ने सुन्छौँ, तर हामीसम्म आइपुग्दैन,”

“अनुदानको जानकारी नै ढिलो आउँछ। कहिले थाहा पाउँदा फारम भर्ने म्याद सकिसक्छ। कृषी शाखा गयो भने ६ महिना अघि नै फारम भर्नुपथ्र्यो भन्छन्। अन्ततः खाली हात फर्किनुपर्छ। केही सीमित मान्छेले मात्रै पाएको जस्तो लाग्छ।”

योजना छन्, बजेट पनि छ। तर जानकारी, पहुँच र प्रक्रिया किसानमैत्री नहुँदा अनुदान धेरै किसानका लागि सपना बनेको छ।

यसैबीच, यस वर्षको मौसमी विपत्तिले किसानको पीडामा झन् नुनचुक थपिदिएको छ।

एक महिना अघि धान भित्र्याउने बेला निरन्तर वर्षा भयो। खेतमा पाकेको धान काट्न नपाउँदै कुहियो। उत्पादन घट्यो। पहिले आफ्नै लागि खाएर केही बेच्न पुग्ने किसान, अहिले आफैँलाई खान धौधौ पर्ने अवस्थामा पुगेका छन्।

किसानका गुनासा र पीडाबीच नगरपालिकाको धारणा फरक छैन। गौरादह नगरपालिकाका कृषी शाखा प्रमुख शिव न्यौपाने भने नगरपालिकाले सकेसम्म सबै किसानसम्म कार्यक्रम पु¥याउने प्रयास गरिरहेको दाबी गर्नुहुन्छ।

तर नगरपालिकाको यो जवाफले जस्तै केवल अनुदानको घोषणा र बजेट विनियोजनले मात्रै किसानको जीवनस्तर बदलिन्छ त? गौरादहजस्तो कृषी सम्भावना भएको क्षेत्रमा अनुदानसँगै बजार सुनिश्चितता, उत्पादन लागत घटाउने नीति, मौसमजन्य जोखिमको व्यवस्थापन र किसानमैत्री योजना अपरिहार्य छन्। नत्र, कागजमा बजेट बढे पनि खेतमा पसिना बगाउने किसानको अवस्था उस्तै रहने खतरा रहन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य