जाडो मौसम : बालबालिका बढी जोखिममा

बालबालिका बिरामी पर्नु मौसम मात्र दोशी कि अभिभावकको हेलचेक्राई समेत?

दमक, ७ पुस । जाडो बढेसँगै बालबालिकाको अनुहारमा मुस्कानभन्दा अगाडि खोकीको आवाज सुनिन थालेको छ।
दमकसहित आसपासका बाल अस्पताल र क्लिनिकहरूमा उपचारका लागि आउने बालबालिकाको संख्या पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ। मौसम चिसिँदै जाँदा साना बालबालिकाको स्वास्थ्य सबैभन्दा बढी जोखिममा पर्ने गरेको चिकित्सकहरू बताउँछन्।
बालबालिकाको शरीर अझै पूर्ण रूपमा विकसित भइसकेको हुँदैन। जाडो मौसममा प्रतिरक्षा क्षमता कमजोर हुन्छ, भाइरस सक्रिय हुन्छन् र संक्रमण छिट्टै फैलिन्छ। त्यसैले जाडो मौसम बालबालिकाका लागि सामान्य मौसम होइन, संवेदनशील समय हो। रीना बुढाथोकीको रिपोर्ट ।

अहिले अस्पताल पुग्ने धेरैजसो बालबालिकामा एउटै प्रकृतिका समस्या देखिन थालेका छन्।
रुघाखोकी, ज्वरो, फ्लु, नाकबाट पानी बग्ने, लगातार खोकी लाग्ने, शरीर दुख्ने।
यही सूचीमा थपिएको अर्को गम्भीर समस्या हो निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोग।
सास फेर्न गाह्रो हुने, छाती घरघराउने, राति सुत्न नसक्ने गरी खोकी लाग्ने जस्ता लक्षण देखिएमा ढिला गर्नु जोखिमपूर्ण हुने चिकित्सकहरूको चेतावनी छ।
दमकको एकमात्र बाल अस्पताल किओच बाल अस्पताल का बालरोग विशेषज्ञ डा. सुनिल अधिकारीका अनुसार जाडो मौसममा अस्पतालमा आउने अधिकांश बालबालिकाको समस्या लगभग उस्तै हुन्छ।

डा. अधिकारीका अनुसार जाडो मौसममा विभिन्न भाइरसहरू अत्यधिक सक्रिय हुन्छन् । बालबालिका ती भाइरसको सम्पर्कमा आउनासाथ बिरामी पर्न सक्छन्। भीडभाड, विद्यालय, खेलकुद, न्यानो कपडाको अभाव र सरसफाइमा लापरवाहीले जोखिम झनै बढाउँछ।

तर यहाँ एउटा महत्वपूर्ण प्रश्न उठ्छ ,के हामी अभिभावकले जाडोलाई गम्भीरतापूर्वक लिएका छौं?
विशेषज्ञहरू भन्छन्, धेरैजसो अवस्थामा समस्या मौसमभन्दा बढी अभिभावकको लापरवाही बाट सुरु हुन्छ।
हल्का खोकी भनेर बेवास्ता गर्नु, ज्वरो आउँदा घरेलु उपायमै सीमित हुनु, चिसोमा पनि बच्चालाई बाहिर खेल्न छोडिदिनु, न्यानो कपडामा ध्यान नदिनु। यी सबै साना देखिने गल्तीले ठूलो रोग निम्त्याउन सक्छ।डा. अधिकारी अभिभावकलाई स्पष्ट सन्देश दिनुहुन्छ।

जाडोमा बच्चा बिरामी पर्नु भाग्यको कुरा होइन। धेरैजसो रोग सावधानी अपनाए टार्न सकिने खालका हुन्छन् । अभिभावकको ध्यान, समयमै उपचार र जिम्मेवारपुर्ण व्यवहारले बालबालिकाको जीवन सुरक्षित राख्न सक्छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु