दमकको माटोको अम्लीयपना उत्तम

दमकका ५२ स्थानबाट माटोको नमुना परिक्षण

माटो परीक्षण गर्दा उत्पादन बढ्ने मात्र नभई खेतीको लागतसमेत घट्ने

दमक,७ पुस ।दमक नगरपालिकामा गरिएको माटो परीक्षणले यहाँको माटो उत्पादनका लागि उपयुक्त रहेको देखाएको छ। माटोको अम्लीयपना राम्रो अवस्थामा रहेको र समग्र रूपमा दमकको माटो उत्पादनशील रहेको परीक्षण प्रतिवेदनले देखाएको हो।दमक नगरपालिकाको समन्वय र कृषि ज्ञान केन्द्र झापाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको घुम्ती माटो परीक्षण शिविरमा ५२ स्थानको माटो परीक्षण गरिएको थियो। यसका लागि करिब एक लाख रुपैयाँ खर्च भएको जनाइएको छ।

परीक्षणबाट माटोको अवस्था राम्रो देखिए पनि मलको सन्तुलन भने उपयुक्त नरहेको पाइएको छ। आवश्यकभन्दा बढी वा कम मल प्रयोग हुने प्रवृत्तिले दीर्घकालीन रूपमा माटो कमजोर हुने जोखिम रहेको विज्ञहरूले औंल्याएका छन्।कार्यक्रम सत्य संवादमा कुरा गर्दै दमक नगरपालिकाको कृषि शाखा प्रमुख चन्दा भट्टराईले माटो परीक्षण गर्दा उत्पादन बढ्ने मात्र नभई खेतीको लागतसमेत घट्ने चेतना किसानमा विस्तार भइरहेको बताउनुभयो। किसानहरूले अब कुनै पनि बाली लगाउनुअघि माटो परीक्षण गर्नुपर्ने रहेछ भन्ने बुझ्न थालेको उहाँको भनाइ छ।यदि यस्ता घुम्ती शिविर स्थानीय सरकारले सञ्चालन नगरे किसानले माटोको नमुना बोकेर बिर्तामोड र इटहरीसम्म जानुपर्ने बाध्यता हुने उहाँले स्पष्ट पार्नुभयो। यही कारण किसानको सहजताका लागि दमक नगरपालिकाले हरेक वर्ष माटो परीक्षण घुम्ती शिविर सञ्चालन गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो।माटो जोगाएर खेती सुधार्ने लक्ष्यसहित सुरु गरिएको यो अभ्यासले दमकको कृषि भविष्य थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०

पहाड र मधेशमा दशैँ : शैली फरक, मर्म एउटै

काठमाडौं ,२९ असोज। दशैँलाई पहाड र तराई–मधेशमा मनाउने तरिका फरक भएपनि यसको धार्मिक, पारिवारिक र सामाजिक महत्त्व समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँनु हुन्छ ।