झापाका डान्स बारबाट दुई जना पक्राउ

झापा,१४ पुष । अबेर रातिसम्म संचालन गरिरहेका बिर्तामोडका डान्स बारहरुमा प्रहरीले छापा मारी दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

गएराति १२.३० बजे डीडब्लु डान्स बारका एकाउन्टेन्ट मेचीनगर २ बस्ने बर्ष २३ का संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट सप्तरी गोलबजार १ बस्ने बर्ष २३ का युगल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

बिर्तामोड क्षेत्रमा संचालित डान्स बारहरुमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक निरीक्षक रबिन खड्काको टोलीले राति अवेरसम्म बार खोलेर चलाइरहेको भेटेपछि बारका कर्मचारीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई इलका प्रहरी र्कायलय बिर्तामोडमा राखिएको छ । बिर्तामोडमा करिव आधा दर्जनको संख्यामा डान्स बारहरु रहेका छन् । प्रहरी प्रशासनले दिएको समयपछि पनि डान्स बारहरुले रातभरि संचालन गर्ने गरेको जानकारी पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा