रास्वपा, काठमाडौँ महानगरपालिका र उज्यालो नेपाल पार्टी बीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ,१४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका बालेन्द्र साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच आइतबार सात घण्टा चलेको वार्ता निष्कर्षविहीन बन्न पुगेको छ ।

पुनः छलफल गर्नेगरी वार्ता सकिए पनि सोमबार सम्म वार्ता हुन सकेको छैन । उज्यालो नेपालले रास्वपासँग एकता गर्न उपसभापतिसहित पार्टीमा समग्र ३० प्रतिशत भागबन्डा हुनुपर्ने माग गरेको थियो । तर रास्वपाले उज्यालो पार्टीलाई १५ प्रतिशत भन्दा बढी दिन नसक्ने अडान राखेसँगै वार्ता निष्कर्षमा पुग्न नसकेको स्रोतले बताएको छ ।

सोमबारको वार्तामा पार्टी एकीकरण गरेर जान रास्वपाले बढीमा १५ प्रतिशत मात्रै दिने प्रस्ताव गरेपछि कुलमानले पार्टीको अस्तित्व र सम्मानजनक सहभागिता बिना कुनै पनि किसिमको एकता गर्न नसकिने जवाफ फर्काएको स्रोतको भनाइ छ ।

स्रोतले भन्यो,‘ हामीले उपसभापतिसहितको सम्मानजनक स्थान माग गरेका थियौँ, तर उनीहरूले १५ प्रतिशतमा सीमित गर्न खोजे। त्यसले गर्दा अहिलेको अवस्थामा एकताको वातावरण बन्न सकेन । अब सम्भावना टर्यो भन्दा पनि हुन्छ, हामी आफ्नै ढंगले अगाडि बढ्छौँ। अब कार्यगत एकताको लागि बाटो भने खुला छ ।’

यसैबिच रास्वपासँग पार्टी एकता नहुने अवस्था भएपछि उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फको बन्द सूचीको तयारी अन्तिम चरणमा पु¥याएको बताएको छ । साँझ ६ बजेसम्मको समयसीमा भित्र सबै प्रक्रिया टुङ्गाएर आयोगमा सूची बुझाउने तयारी उक्त पार्टीले गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा