इटहरीमा ज्वाइँले गरे सासुको बीभत्स हत्या

छोरी र ज्वाइँबीच भइरहेको दिनहुँको झगडा मिलाउन खोज्दा आक्रोशित बनेका गणेशले सासुमाथि आक्रमण गरेको खुलेको छ

मोरङ,१४ पुस । उपचारका लागि भोजपुरबाट इटहरी आएकी एक महिलाको आफ्नै ज्वाइँले हत्या गरेका छन् । मोरङमा घर भई सुनसरीको इटहरीमा डेरा गरी बस्दै आएका २७ वर्षीय गणेश साह गुप्ताले आफ्नी ५० वर्षीया सासु पबीमाया बयलकोटीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार भोजपुरको दिङ्ला निवासी पबीमाया एक साताअघि श्रीमानसहित उपचार गराउन इटहरी आएकी थिइन् । उनी इटहरीकै जनता बस्तीमा बस्ने अर्की छोरीको घरमा बसेर उपचार गरिरहेकी थिइन् । सोमबार घर फर्कने तयारीमा रहेकी पबीमाया आइतबार राति अर्की छोरी र ज्वाइँ गणेशको डेरामा पुगेकी थिइन् ।
घर फर्किनु अघिल्लो रात नै ज्वाइँ गणेशले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकोमा प्रहार गरी सासुको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । टाउकोमा गम्भीर चोट लागेकी पबीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा छोरी र ज्वाइँबीच भइरहेको दिनहुँको झगडा मिलाउन र ज्वाइँलाई सम्झाउन खोज्दा आक्रोशित बनेका गणेशले सासुमाथि आक्रमण गरेको खुलेको छ ।सासुको हत्यामा संलग्न गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ ।

 

एआइ तस्बीर

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राजनीतिक विकृति नरोकिए विस्फोट हुन सक्छः थापा

काठमाडौं,५ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै

कृषि उत्पादकत्व बढाउन सिँचाइ र कृषिलाई सँगै लैजान्छौँ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं,५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताउनु भएको छ। साथै,

शिक्षा मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बम बिच भेटवार्ता

काठमाडौं,५ साउन । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा