काठमाडौँ,१४ पुस । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले छुट्टै समानुपातिक बन्दसूची पेस गर्ने भएको छ । आइतबार लोसपासँग एकता गर्ने निर्णय भएपनि जसपाले आफ्नो तर्फबाट छुट्टै बन्दसूची बुझाउने भएको छ।
निर्वाचन आयोगको क्लस्टर अनुसारअहिले नाम र लिस्ट मिले नमिलेको रुजु भइरहेको बताएको छ । ‘जसपा नेपाल र लोसपाबिच हिजो मात्र एकता गर्ने निर्णय भएको थियो । तर आज जसपा नेपालको मात्र समानुपातिक बन्दसूची पठाएका छौँ’ सो पार्टीको केन्द्रीय कार्यालय निकट श्रोतले बताएको छ । दुई दलबिच एकता घोषणा बएपछि समायोजन लिस्ट बुझाउने श्रोतले बताएको छ ।









